मेस्सीले जिते होला ७ ब्यालोन डी ओर, तर सबैभन्दा बढी अंक त रोनाल्डो कै छ नि !

लियोनेल मेस्सीले सोमबार कीर्तिमानी सातौं गोल्डेन बल जितेका छन् तर उनी अझै पनि क्रिस्टियानो रोनाल्डोभन्दा अल टाइम अंकको सूचीमा निकै पछाडि रहेका छन्।

रोनाल्डोले आफ्नो उत्कृष्ट करियरमा पाँच पटक ब्यालोन डी’ओर जितेका छन् र सात पटक जितेका मेस्सीको ३,५७४ अंक भन्दा पनि बढी, अवार्डको मनोनयनबाट ३,७८१ अंक प्राप्त गरेका छन्। २००८ बाट अवार्डमा यो जोडीको वर्चस्वले उनीहरूलाई सबैभन्दा धेरै नामांकनहरूको सूचीमा बाँकी सबै खेलाडीहरुलाई निकै पछि छोडेका छन्।

लुका मोड्रिक र भर्जिल भ्यान डाइक मात्र शीर्ष दस सबैभन्दा मनोनित खेलाडीहरूमा सूचीबद्ध दुई वर्तमान खेलाडीहरु रहेका छन्, जसमा योहान क्रुफ, जिनेदिन जिदान र रोनाल्डो नाजारियो जस्ता दिग्गज तथा महान खेलाडीहरु समावेश रहेका छन्। मेस्सीको लागि यो वर्षको पुरस्कार निकै विवादास्पद साबित भएको छ। धेरैले रोबर्ट लेवान्डोस्कीलाई बढी योग्य विजेताको रूपमा हेरेका थिए। यसबारे बोल्दै मेस्सीले पनि यो स्वीकार गरे कि गत वर्षको अवार्ड समारोह महामारीको कारण रद्द भएपछि पोल्याण्डका कप्तान पुरस्कारको हकदार थिए।

लोथर म्याथौस लेवान्डोस्कीको लागि प्रशंसा गर्ने अन्य व्यक्ति मध्ये थिए, जबकि टोनी क्रुस विश्वास गर्छन् कि उनका रियल म्याड्रिडका सहकर्मी करिम बेन्जेमाले यस वर्षको मतदानमा शीर्ष स्थान प्राप्त गर्नुपर्ने थियो।

प्रकाशित : बुधबार, मङि्सर १५, २०७८१२:०७

बालोन डी’ओर बारे मुलरले मुख खोले, जे भने पूरा युरोपमा तरंग पैदा भयो !