एजेन्सी – प्रिमियर लिगमा शनिबार बिहान म्यानचेस्टर युनाइटेडले आर्सनलको सामना गर्दैछ। गएको केहि समय देखि कम्जोर प्रदर्शन गरिरहेको युनाइटेडले आर्सनलको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार शनिबार बिहान २ बजे शुरु हुनेछ।
प्रिमियर लिगमा युनाइटेडले गएको तीन खेलमा जित निकाल्न सकेको छैन। सिजनको शुरुवात देखि नै कम्जोर प्रदर्शन गरेपछि ओले गुन्नार सोल्साएर बर्खास्त भएपछि युनाइटेडलाई माइकल क्यारिकले सम्हालिरहेका छन्। आर्सनल विरुद्धको खेलमा पनि युनाइटेडलाई माइकल क्यारिकले सम्हाल्नेछन्।
सिजनका १३ खेल खेल्दा युनाइटेडले ५ जित निकालेको छ भने ५ हार बेहोरेको छ। बाँकी ३ खेल बराबरी खेल्दा १८ अंक बटुलेर युनाइटेड लिगको १० औं स्थानमा छ।
उता आर्सनल भने गएको सिजन भन्दा सुधारिएको प्रदर्शन गरेर लिगको पाँचौं स्थानमा छ। सिजनका १३ खेलमा आर्सनलले ७ जित र ४ हार सहित २३ अंक जोडेको छ।
रोनाल्डो माथि नजर
यसै सिजन युभेन्टसबाट युनाइटेड पुगेका रोनाल्डोले प्रिमियर लिगका केहि ३ खेलमा गोल गर्न सकेका छैनन्। आज हुने खेलमा सबैको नजर रोनाल्डोमा हुनेछ। रोनाल्डो चेल्सी विरुद्धको खेलमा शुरुवाती ११ मा नपरेर वैकल्पिकको रुपमा मैदान प्रवेश गरेका थिए।
खेल कुन च्यानलमा हेर्ने ?
प्रिमियर लिगका खेलहरु कुनै पनि नेपाली च्यानलले प्रशारण गर्दैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्टमा हेर्न सकिनेछ।

