ओमिक्रोन त्रास बढेपछि, नौ राष्ट्रबाट नेपाल आउन रोक ! कुन-कुन ? [सूची सहित]

Stranded Nepali citizens from Mayanmar arrive on a chartered flight, arranged by government to rescue targeted set of 40,000 Nepalis stranded abroad in the first phase, at Tribhuvan Interntional Airport in Kathmandu, on Friday, June 05, 2020, the 74th day of government t imposed lockdown. Photo: Naresh Shrestha/THT

काठमाडौं । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका विभिन्न देशमा तीव्र रूपमा फैलिन थालेपछि नेपाल सरकारले नौ राष्ट्रबाट नेपाल आउने नागरिकलाई प्रवेशमा रोक लगाएको छ । यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको हो । सरकारले संक्रमणको जोखिम भएका मुलुकबाट आउने यात्रुलाई अन अराइभल भिसा पनि नदिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बिहीबार बसेको बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन साताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

ती मुलुकबाट शुक्रबार राति १२ बजेदेखि नेपाल प्रवेश गर्न रोक लगाइएको हो । तर, हाल ती मुलुकबाट नेपालतर्फ आउँदै गर्दा बाटोमा रहेका यात्रुले प्रवेश अनुमति पाउने भएका छन् तर अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ ।

सरकारका एक मन्त्रीका अनुसार ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएकाले नेपाल प्रवेशमा कडाइ गरिएको हो ।

सबैभन्दा पहिले ओमिक्रोन भाइरस दक्षिण अफ्रिकामा देखापरेको थियो । त्यसपछि अहिले हङकङ, दक्षिणी छिमेकी राष्ट्र भारतमा समेत नयाँ भेरियन्टको संक्रमण पुष्टि भइसकेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले कर्नाटका राज्यमा दुई जना पुरुषहरूमा कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण भेटिएको पुष्टि गरेको छ । यो भेरियन्ट डेल्टाभन्दा पनि निकै संक्रामक हुन सक्ने वैज्ञानिकहरूले बताएका छन् । यसको संक्रमणको गति’bout विस्तृत अध्ययन हुन बाँकी छ तर यो निकै संक्रामक रहेको वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टले विश्वभरि नै संक्रमणको उच्च जोखिम बढाउने चेतावनी दिएपछि सरकार पनि उच्च सतर्कता अपनाउँदै यसको रोकथाममा लागेको छ ।

सरकारले यसअघि नै नयाँ भेरियन्ट देखिएका मुलुकहरूबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको थियो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकबाट नेपाल आउने यात्रुहरूको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गरेको बताएका थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नेपालमा सो भेरियन्टको भाइरस देखापरेको पुष्टि नभएको जनाएको छ । मन्त्रालयले नयाँ भाइरसको संक्रमण सर्न नदिन र संक्रमण नफैलियोस् भनेर उच्च सतकर्ता अपनाएको जनाएको छ ।

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८०९:०१

लोहनी र पशुपतिशमशेरले छाडे साथ, कमल थापालाई अध्यक्ष रहिरहन हम्मे-हम्मे !