एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले खुशियाली मनाएर बस्ने समय नभएको बताएका छन्। प्रिमियर लिगमा बिहिबार आर्सनल विरुद्धको खेल जितेपछि रोनाल्डोले सामाजिक संजाल मार्फत खुशियाली मनाएर बस्ने समय नभएको बताएका हुन्।
रोनाल्डोले सामाजिक संजाल मार्फत आफूहरु अर्को खेल तर्फ केन्द्रित भइसकेको बताएका हुन्। सहि बाटोमा फिर्ता हुनको लागि आर्सनल विरुद्धको खेल धेरै नै महत्वपूर्ण रहेको रोनाल्डोको भनाई छ।
“हाम्रो ध्यान अहिले देखि नै अर्को खेल तर्फ केन्द्रित भइसकेको छ। आजको जित सहि ट्रयाकमा फर्कन धेरै नै महत्त्वपूर्ण थियो। तर लक्ष्यमा पुग्ने बाटो अझै धेरै लामो छ।”,रोनाल्डोले सामाजिक संजालमा लेखेका छन्।
त्यस्तै रोनाल्डोले सहकर्मीहरूलाई बधाई दिँदै साथ दिने समर्थकहरूलाई पनि धन्यवाद दिएका छन्। रोनाल्डोले थप लेखेका छन्,”उच्च मनोबल सहित खेलेकोमा मेरा सबै सहकर्मीहरूलाई बधाई छ। विशेष गरेर समर्थकहरूलाई धेरै धन्यवाद”
रोनाल्डोको किर्तिमानी गोल
युनाइटेडले प्रिमियर लिग अन्तरगत आर्सनलविरुद्ध ३–२ को जित निकाल्दा रोनाल्डोले दुई गोल गरे। रोनाल्डोले खेलको ५२औं मिनेट र ७०औं मिनेटमा गोल गरेका थियो। पहिलो गोल गरे लगतै रोनाल्डोको व्यवसायिक करिअरको ८ सयौं गोल पुरा भएको थियो।