रोनाल्डो युनाइटेडको कप्तान ?

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व खेलाडी जोनाथन ग्रीनिङले क्रिस्टियानो रोनाल्डोलाई कप्तानको जिम्मेवारी दिइनुपर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा ग्रीनिङले रोनाल्डोलाई युनाइटेडलाई कप्तान बनाइनुपर्ने बताएका हुन्।

डेली स्टारसँग कुरा गर्दै ग्रीनिङले म्यागुइरमाथिको दबाब कम गर्न रोनाल्डोलाई म्यानचेस्टर युनाइटेडको कप्तान बनाउन सकिने बताए। क्लबका नयाँ प्रशिक्षकले रोनाल्डोलाई कप्तान बनाउनुपर्ने ग्रीनिङको भनाई छ।

आउने केहि दिनमै युनाइटेडका अन्तरिक प्रशिक्षक राल्फ राङनिकले जिम्मेवारी सम्हाल्दैछन्। उनले युनाइटेडमा विभिन्न परिवर्तन गर्ने बताइन्छ। त्यसमा कप्तान परिवर्तन सम्म हुन सक्ने धेरैको अनुमान छ।

राल्फ राङनिकले क्लबमा धेरै परिवर्तन गर्ने चर्चा चलिरहेका बेला ग्रीनिङले टीमको उच्च मनोबलका लागि रोनाल्डोलाई कप्तानको जिम्मेवारी दिइनु उपयुक्त हुने बताए।

“”म्यानचेस्टर युनाइटेडको कप्तान हुनु ठूलो जिम्मेवारी हो। जो कोहिले युनाइटेडको कप्तान हुनुको जिम्मेवारी उठाउन सक्दैन। म्यागुइरमाथिको दबाब कम गर्नको लागि पनि रोनाल्डोलाई कप्तान बनाउनुपर्छ।”,ग्रीनिङले भने।

म्यागुइरलाई कप्तानबाट हटाइएको खण्डमा उनी सेन्टर हाफ सम्हाल्ने तर्फ बढी केन्द्रित हुन पाउने ग्रीनिङले बताए। कप्तानको जिम्मेवारी रोनाल्डोलाई दिइएको खण्डमा धेरै सकारात्मक परिवर्तन हुने ग्रीनिङको भनाई छ।

उनले भने,”उनले (राल्फ रङ्गनिक) रोनाल्डो कप्तान बन्ने र मुख्य खेलाडीहरू मध्ये एक हुने निर्णय गर्न सक्छन्। त्यसो हुँदा ह्यारी म्यागुइर डिफेन्समा केन्द्रित हुन पाउँछन् र धेरै गोल रोक्न सक्छन्।”

प्रकाशित : शुक्रबार, मङि्सर १७, २०७८१३:४४

“मेस्सीले नै बालोन डी ओर जित्नुपर्थ्यो, तर उनी इतिहास कै सर्वश्रेष्ठ भने हैनन्”