एजेन्सी – ग्रहहरुको सेनापति मंगल ग्रहले सोमबार राशि परिवर्तन गर्दैछ। आइतबार बिहान ६ बजेर ३६ मिनेट पश्चात मंगल तुला राशिबाट वृश्चिक राशिमा प्रवेश गर्नेछ। मंगल विश्चिक राशिमा १५ जनवरी सम्म रहनेछ। मंगलले राशि परिवर्तन गर्दा हरेक राशिलाई भिन्न-भिन्न प्रकारको प्रभाव पर्नेछ। ज्योतिषीहरुका अनुसार मंगलले गर्ने राशि परिवर्तनले निम्न ४ राशिलाई नकारात्मक असर पर्नेछ।
मिथुन राशि
मंगलको राशि परिवर्तन मिथुन राशि हुनेहरुका लागि त्यति सुखद रहने देखिँदैन। समयमा आँट गर्न नसक्दा महत्वपूर्ण काम फुत्किनेछन्। प्रेम जीवनमा पनि समस्या पैदा हुनेछ। समयमा निर्णय गर्न नसक्दा लज्जित हुनुपर्नेछ। सामाजिक दायित्व पूरा गर्न अलि गार्है पर्ला। सकेसम्म लेनदेन नगरेकै राम्रो होला।
कन्या राशि
मंगलको राशि परिवर्तनसँगै जीवनमा विभिन्न प्रकारमा समस्या देखा पर्न थाल्नेछन्। खर्च बढेर जानेछ। परिवारमा स्वास्थ्य समस्या देखा पर्न सक्ला। व्यापार-व्यवसायबाट खासै आय हुनेछैन। सके सम्म यात्रा नगरेकै राम्रो छ। कुनै पनि नयाँ काम थालनी गर्नु भन्दा अगाडी गम्भीर भएर सोच विचार गर्नुहोला। शत्रु हावी हुन सक्लान्।
कुम्भ राशि
मकरको राशि परिवर्तनले जीवनमा अनावश्यक समस्या पैदा गर्न सक्छ। अरूको भर पर्दा महत्त्वाकांक्षा पूरा हुनेछैन। अप्ठ्याराे परिस्थितिमा आफ्नै भनिएकाहरुको साथ मिल्नेछैन। स्वास्थ्यमा पनि समस्या देखिन सक्ला। अध्ययनमा खासै प्रगति नहुने देखिन्छ। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने अवस्था आउन सक्ला।
मीन राशि
मंगलले राशि परिवर्तन गरेसँगै मीन राशि हुनेहरुको खर्च बढेर जानेछ। कसैलाई सापटी नदिएकै राम्रो होला। पारिवारिक असमझदारीले काममा बाधा पर्नेछ। आफन्तबीच असमझदारी बढ्ने सक्ने हुँदा त्यस तर्फ ध्यान दिनु होला। पारिवारिक रुपमा पनि मंगलको राशि परिवर्तन खासै राम्रो रहने देखिँदैन।