सन् २०२१ को अन्तिम सूर्यग्रहण डिसेम्बर ४ शनिबार लाग्न लागेको छ। यसपटकको सूर्यग्रहणमा कस्तो होला ? यो सूर्यग्रहण किन विशेष छ ? यो ग्रहणले विभिन्न राशिहरूलाई कसरी असर गर्छ ? यी सबै प्रश्नको जवाफ अब खोज्न जरुरी छ । आउनुहोस् हामी तपाईंलाई भोलिको सूर्यग्रहणको बारेमा विस्तृत जानकारी दिन्छौं।
डिसेम्बर ४ अर्थात् भोलि सूर्यग्रहण लाग्दैछ । नेपाली समय अनुसार यो ग्रहण बिहान ११ बजेर १४ मिनेटमा सुरु हुनेछ । यो दिउँसो ३ बजेर २३ मिनेटमा समाप्त हुनेछ। यो ग्रहण वृश्चिक राशि र ज्येष्ठ नक्षत्रमा हुनेछ जुन अन्टार्कटिका, दक्षिण अफ्रिका, दक्षिण अमेरिका र नामिबिया जस्ता देशहरूमा देखिनेछ। यो ग्रहण नेपालमा नदेखिने भएकाले यसको सुतक अवधि पनि मान्य छैन ।
किन खास छ यो सूर्य ग्रहण ?
यस ग्रहणमा सूर्यको केतुसँग संयोग हुने भएको छ । साथै, यस ग्रहणमा चन्द्रमा र बुधको संयोजन हुनेछ। सूर्य र केतुको प्रभावले दुर्घटनाको सम्भावना रहन्छ । वृश्चिक राशि विषादीको राशि भएकाले रोग तथा स्वास्थ्यमा समस्या बढ्न सक्छ । यस बाहेक आकस्मिक दुर्घटना, विपत्ति जस्ता अवस्था आउन सक्छन् ।
सूर्य ग्रहणको हरेक राशिमा प्रभाव
मेष राशि
मेष राशिका व्यक्तिहरूले आफ्नो स्वास्थ्य र दुर्घटनाको ख्याल गर्नुपर्नेछ।
वृष राशि
वृष राशिको मानिसले आफ्नो व्यापार र दाम्पत्य जीवनमा ध्यान दिनुहोस्।
मिथुन राशि
मिथुन राशिका व्यक्तिहरुको बाधा अवरोध हट्नेछ ।
कर्कट राशि
कर्कट राशि भएकाहरुको स्वास्थ्य र मानसिक अवस्था बिग्रन सक्छ ।
सिंह राशि
सिंह राशिका व्यक्तिहरूलाई अनावश्यक चिन्ता र विवाद हुन सक्छ।
कन्या राशि
कन्या राशिका रोकिएका काम पुरा हुनेछन् ।
तुला राशि
तुला राशिका व्यक्तिहरूले पारिवारिक जीवन र दुर्घटनाको ख्याल गर्नुपर्छ।
वृश्चिक राशि
वृश्चिक राशिका व्यक्तिहरूले हरेक काम र निर्णयमा सावधानी अपनाउनुपर्छ।
धनु राशि
धनु राशिका व्यक्तिहरूले दुर्घटना र असफलताबाट आफूलाई बचाउनु पर्नेछ।
मकर राशि
मकर राशिको जीवनमा ठूलो र लाभदायक परिवर्तन हुनेछ।
कुम्भ राशि
कुम्भ राशिका व्यक्तिले हरेक काममा सफलता प्राप्त गर्नेछन्।
मीन राशि
मीन राशिका व्यक्तिहरूले विवाह र निर्णयमा सावधानी अपनाउनुपर्नेछ।