नेयमारले १० नम्बरको जर्सी अफर गरेको बारे मेस्सीले मुख खोले ! के भने ?

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार फुटबलर लियोनेल मेस्सीले १० नम्बरको जर्सी नलगाई ३० नम्बरको जर्सी लगाएको बारे मुख खोलेका छन्। फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा मेस्सीले जर्सी नम्बर १० नेयमारको रहेको बताए।

“१० नम्बर जर्सी नेयमारको थियो। र म टीमलाई सघाउन आएको थिएँ। यो अविश्वसनीय थियो कि मलाई नेयमारले उनको जर्सी प्रस्ताए गरे।”,मेस्सीले फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा भने।

त्यस्तै मेस्सीले नेयमारबाट यसप्रकारको प्रस्ताव आउँछ भन्ने पहिला नै अपेक्षा गरेको पनि बताए। मेस्सीका अनुसार नेयमारले जर्सी नम्बर १० प्रस्ताव गर्छन् भन्नेमा उनी ढुक्क थिए।

मेस्सीले भने,”हामीले बार्सिलोनामा राम्रो समय व्यतित गरेका थियौं र हामी राम्रो साथी हौं। उनले यस्तो प्रस्ताव गर्ने मलाई पहिला नै थाहा थियो। तर मलाई यस्तो लाग्यो कि जर्सी नम्बर १० उनी सँगै रहोस्। र मैले मन पर्ने जर्सी नम्बर रोजें।”

मलाई प्रेरणाको स्रोत हुनु छैन

मेस्सीले अरुलाई सल्लाह दिन मन नपर्ने पनि बताएका छन्। केहि दिन अगाडी मात्रै बालोन डी’ओर जितेका मेस्सीले अरुलाई सल्लाह-सझाव दिन मन नपर्ने बताए। मेस्सीक अनुसार उनलाई प्रेरणाको स्रोत बन्न र अरुलाई सल्लाह-सुझाव दिन खासै मन पर्दैन।

“मलाई थाहा छैन म रोल मोडल हुँ कि होइन।”,फ्रान्स फुटबलसँग कुराकानी गर्नेक्रममा मेस्सीले भने,”मलाई रोल मोडल हुन मन पर्दैन। साथै सल्लाह दिन पनि म मन पराउँदिन।”

त्यस्तै मेस्सीले आफ्नो सपना विश्वको उत्कृष्ट खेलाडी हुने नरहेको पनि सुनाए। फुटबल शुरु गर्दा आफूले विश्वको उत्कृष्ट खेलाडी हुने सपना नदेखेको मेस्सीको भनाई छ। मेस्सीको भनाई छ कि उनले व्यवसायिक फुटबलर बन्ने मात्रै सपना देखेका थिए।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१६:५६

“मलाई रोनाल्डोको सफलताले केहि फरक पर्दैन, अरु भन्दा सफल हुनु नै छैन मलाई”