अध्यक्षमा पराजित भएपछि पूर्वराजासँग रंकिए कमल थापा, पोखे आक्रोश !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् । काठमाडौंमा चार दिनदेखि जारी एकता महाधिवेशनमा थापा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन्।

अध्यक्षमा पराजित भएपछि थापा पूर्वराजा ज्ञानेन्द्र शाहको आलोचनाम उत्रिएका छन्। पराजित हुने बितिकै थापाले ट्वीट गर्दै पराजयको दोष सिधै पूर्वराजा ज्ञानेन्द्र शाह माथि थोपरेका हुन्।

सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार बल्ल मिलेको थापाको भनाई छ। साथै थापाले राजसंस्था एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न खोजिएको भन्दै गुनासो पनि गरेका छन्।

“सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्। हार्दिक शुभ-कामना।”,थापाले ट्वीट गर्दै भनेका छन्।

त्यस्तै थापाले पूर्वराजाको आलोचना गरेपनि प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार पनि गरेका छन्। थापाले लेखेका छन्,”प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना।”

थापाले गरेको ट्वीट निम्न छ –

प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात् गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु।नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना।
प्रतिकुल परिस्थितिमा समेत हामी माथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरूमा आभारी छु।

पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको ना’ङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु। Congrats @GBBShah . Thank you

मैले राहत र उन्मुक्ति पाएको छु। सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।
हार्दिक शुभ-कामना।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८०८:४७

राष्ट्रप्रमुख राजा र प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रीको पक्षमा लिङ्देन !