राष्ट्रप्रमुख राजा र प्रतक्ष्य निर्वाचित प्रधानमन्त्रीको पक्षमा लिङ्देन !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनले प्रतक्ष्य प्रधानमन्त्रीय प्रणालीका लागि अभियान चलाउने बताएका छन्। राप्रपा अध्यक्षमा निर्वाचित भएपछि लिङ्देनले राष्ट्रप्रमुखका रुपमा राजा र सोझै जनताले चुन्न पाउने प्रधानमन्त्रीय प्रणालीका लागि आफूहरुले अभियान चलाउने बताएका हुन्।

मत परिणाम सार्वजनिक भएपछि नेता कार्यकर्तालाई सम्बोधन गर्नेक्रममा लिङ्देनले राप्रपा धेरै नै कम्जोर भएको बताए। कम्जोर रहेको राप्रपालाई उठाएर देशको अग्रणी पार्टी बनाउने चुनौती जाफूहरु सामू रहेको लिङ्देनको भनाई छ। राजसंस्था र हिन्दूराज्यको पक्षमा रहेका शक्तिहरु बीच एकता कायम गर्ने तर्फ पनि आफ्नो ध्यान दिने लिङ्देनले बताए।

“राप्रपा जीवनको कमजोर अवस्थामा छ। यसबाट जुरुक्कै उठाएर देशको अग्रणी पार्टी बनाउनु छ। हामीले राजसंस्था र हिन्दूराज्य चाहियो भनेर सडकमा भएकालाई जोडन सकेका छैनौं। त्यसतर्फ ध्यान दिनुपर्छ।”,लिङ्देनले भने। लिङ्देनले ६ महिनाभित्र हिन्दूराज्य र राजतन्त्र ब्यूँताउने घोषणा समेत गरे।

राप्रपा बाहिर रहेका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गर्ने लिङ्देनको भनाई छ। राष्ट्रिय शक्ति निर्माण गरिसकेपछि निर्वाचनको तयारी गर्दै सडक संघर्षको प्रारम्भ गर्ने पनि लिङ्देनले घोषणा गरे।

“राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ। र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ।”,लिङ्देनले भने।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१२:४५

राजेन्द्र लिङ्देन अध्यक्ष हुँदा खुशी भइन् पूर्वयुवराज्ञी हिमानी, बधाई दिँदै यसो भनिन् !