राजेन्द्र लिङ्देन अध्यक्ष हुँदा खुशी भइन् पूर्वयुवराज्ञी हिमानी, बधाई दिँदै यसो भनिन् !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा निर्वाचित भएपछि पूर्वयुवराज्ञी हिमानी शाहले राजेन्द्र लिङ्देनलाई बधाई दिएकी छन्। आइतबार बिहान राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिङ्देनलाई हिमानीले ट्वीटर मार्फत बधाई दिएकी हुन्।

आइतबार एक ट्वीट गर्दै हिमानीले अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल भएकोमा लिङ्देनलाई बधाई दिएकी छन्। त्यसक्रममा हिमानीले लिङ्देनलाई शुभकामना पनि दिइन्।

“अवसरवाद, नातावाद, कृपावादको अन्त्य गर्न सफल हुनु भएकोमा राष्ट्रवादी नेता राजेन्द्र लिङ्देनलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना”,हिमानीले ट्वीटरमा लेखेकी छन्।

त्यस्तै हिमानीले लिङ्देनको जितसँगै सिङ्गो मुलुकले सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको पनि बताएकी छन्। हिमानी ट्वीटरमा लेख्छिन्,”राजेन्द्र लिङ्देन को जित सङ्गै मुलुकले मुलुक ले आज सच्चा राष्ट्रबादी नेता पाउन सफल भएको छ !!”

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८१४:४८

अध्यक्ष पद खुस्किएपछि रन्थनिएका थापा: हिमानीलाई पनि छाडेनन् !