लिभरपुल शिर्ष स्थानमा एक घण्टा पनि टिकेन, सिटी शिर्ष स्थानमा !

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटी शिर्ष स्थानमा उक्लिएको छ। वाट्फोर्डमाथि सहज जित निकालेसँगै सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको हो। टोलीलाई ३–१ ले पराजित गरेसँगै सिटी शिर्ष स्थानमा उक्लियो।

सिटीलाई जित दिलाउनेक्रममा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे। त्यस्तै वाट्फोर्डका लागि एक मात्र गोल जुआन हर्नान्डेजले गरे। शनिबार राति भिकारेज रोड वाट्फोर्डमा भएको खेलमा सिटीले चौथो मिनेटमै रहिमको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीको अग्रता दोब्बर पारेका थिए।

खेलको ६३औं मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेसँगै सिटी सहज जित तर्फ अगाडी बढ्यो। ७४औं मिनेटमा जुआन हर्नान्डेजले वाटफोर्डका लागि सान्त्वना गोल गरे।

लिभरपुल विजयी

शनिबार राति नै भएको खेलमा लिभरपुलले वल्भ्सलाई गर्यो। वल्भ्सको घरेलु मैदानमा भएको खेलमा लिभरपुल १-० को गोल अन्तरले विजयी भएको हो। पहिलो र दोस्रो हाफमा कुनै पनि गोल हुन सकेन। तर थप गरिएको समयमा डिभोक ओरिगीले गोल गर्दै लिभरपुलको उद्धार गरे।

वल्भ्स र लिभरपुल बीचको खेल सिटी र वाटफोर्ट भन्दा अगाडी भएको थियो। वल्भ्सलाई पराजित गरेपछि लिभरपुल शिर्ष स्थानमा उक्लिएको थियो। तर लिभरपुल एक घण्टा पनि शिर्ष स्थानमा टिक्न सकेन। सिटीले वाटफोर्ड विरुद्ध गोल गर्ने बितिकै लिभरपुल दोस्रो स्थानमा झरेको थियो।

सिटीले १५ खेलबाट ११ जित र २ हार सहित ३५ अंक जोड्दा लिभरपुलले १० जित र १ हार सहित ३४ अंक जोडेको छ। त्यस्तै शिर्ष स्थानको चेल्सी भने तेस्रो स्थानमा झरेको छ।

प्रकाशित : आइतबार, मङि्सर १९, २०७८०९:२५

मेस्सीको चलेन जादू, हार्न लाग्दा वाइनाल्डम र एम्बाप्पे मिलेर पिएसजीलाई बचाए !