रांगनिकको पहिलो खेलमा बिलाए रोनाल्डो, फ्रेडले जिताउनु पर्यो खेल !

एजेन्सी – ब्राजिलियन सेन्ट्रल मिडफिल्डर फ्रेडको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा संघर्षपुर्ण जित निकालेको छ ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा म्यानचेस्टरले क्रिस्टल प्यालेसलाई १–० ले पराजित गरेको हो । फ्रेडले ७७औं मिनेटमा गोल गरेका थिए ।

घरेलु मैदानमा बल पोसेसनमा पकड जमाएपनि युनाइटेडले गोलको लागि संघर्ष गर्नुपरेको थियो । क्रिष्टियानो रोनाल्डो, जाडोन सान्चो, मार्कस रासफोर्ड र ब्रुनो फर्नान्डेसको प्रहारलाई क्रिस्टल प्यालेसका डिफेन्डर र गोलरक्षक बाधक बनेका थिए ।

राल्फ रांगनिकको प्रशिक्षकको रूपमा पहिलो खेल खेलेको म्यानचेस्टर युनाइटेडले संघषपूर्ण जीत निकालेको हो। खेलमा विभिन्न चर्चाका बाबजुद सुरुवाती ११ मा स्थान पाएका पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले खेलमा खासै प्रभाव भने पार्न सकेनन्। यसअघि आर्सनल विरुद्धको खेलमा गरेको गोलपछि प्रसिद्ध ‘सिउउ’ सेलिब्रेसन गर्दा चोट लागेको भन्ने हल्ला आएको थियो।

त्यस्तै, प्रशिक्षक रांगनिकको नियुक्तिले पनि रोनाल्डोको करियरमा ठूलो प्रश्न चिन्ह उठाएको थियो। सन् २०१६ मा रोनाल्डो बुढा भए भनेका जर्मन प्रशिक्षकको अन्डरमा ५ पटकका बालोन डी ओर विजेताको सुरुवाती स्थान पक्का नभएको पनि बताइन्छ।

जितसँगै म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१४:१५

“मेस्सीले चिसो भएर मात्र हो पेरिसमा राम्रो नखेलेको, तातो भएको भए आगो बालीसक्थे”