“मेस्सीले चिसो भएर मात्र हो पेरिसमा राम्रो नखेलेको, तातो भएको भए आगो बालीसक्थे”

लुइस सुआरेजले पेरिस सेन्ट-जर्मेनका सुपरस्टार लियोनल मेस्सी आफ्नो नयाँ परिवेशमा कसरी बस्दैछ भन्ने बारे निजी कुराकानी गरेपछि फ्रान्सको चिसो मौसममा मेस्सीले “धेरै पीडा” भोगेको दाबी गरेका छन्। मेस्सीले यसै सिजन मात्र २१ वर्ष बार्सिलोनाको बसाईपछि नि:शुल्क ट्रान्सफर मार्फत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनसँग २ वर्षीय अनुबन्धमा हस्ताक्षर गरेका थिए।

अर्जेन्टिनाले क्याम्प नोउमा आफ्नो समयमा इतिहासका उत्कृष्ट खेलाडीहरूमध्ये आफूलाई स्थापित गर्न सफल भए तर पार्क डेस प्रिन्सेसमा भने उनले त्यहि स्तरको खेल देखाउन सफल भएका छैनन्। यस्तोमा, सुआरेजले अब जलवायु परिवर्तनलाई मेस्सीको संघर्षको कारक रहेको बताएका छन्। २०१४ र २०२० बीच बार्सिलोनामा मेस्सीसँगै खेलेका एट्लेटिको मड्रिड स्ट्राइकरले TNT स्पोर्ट्सलाई भने: “हामी हरेक दिन कुरा गर्छौं, हामी खेलको बारेमा कुरा गर्छौं, परिवारको बारेमा। उनले मलाई पेरिसमा निकै चिसो हुने र चिसो र हिउँमा खेल्न आफूलाई धेरै गारो भएको बताए। त्यहाँको चिसो मौसम कस्तो हुन्छ भन्ने बानी बसाल्नु पर्छ।”

३४ वर्षीय अर्जेन्टिनी खेलाडीले मौरिसियो पोचेटिनोको टोलीका लागि आफ्नो पहिलो १२ खेलमा चार गोल र तीन असिस्ट मात्र प्रदान गर्न सकेका छन्, जसमा लिग १ मा मात्र एक गोल छ। उनले कुल खेलको मध्ये ८ खेलमा गोल गर्न सकेका छैनन् भने ७ खेलमा न गोल न असिस्ट केहि पनि गर्न सकेका छैनन्।

मेस्सीको पछिल्लो निराशजनक प्रदर्शन लेन्ससँग १-१ को बराबरीमा आएको थियो, तर मङ्गलबार च्याम्पियन्स लिगमा पीएसजीले क्लब ब्रुगसँग खेल्दा उनले आफ्नो प्रदर्शन र गोल तालिका सुधार्ने मौका पाउनेछन्।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८१६:०४

बार्सिलोनाको नाम सुनेर सलाह मख्ग्ख परेपछि लिभरपुल चिन्तित !