बार्सिलोनामा सलाह ?

एजेन्सी – मोहम्मद सलाहको लिभरपुलमा अब लगभग १८ महिनाका लागि मात्रै सम्झौता छ। सन् २०२३ मा सम्झौता सकिने भएपनि सलाह र लिभरपुल बीच सम्झौताका लागि कुरा मिलिरहेको छैन।

सम्झौता नवीकरणकालाई लिएर दुई पक्ष बीच विभिन्न चरणमा छलफल भैरहेको छ। लिभरपुल इकोका अनुसार पहिल्ला महिनाहरुमा सलाह पक्ष र लिभरपुल शृंखलावद्ध छलफल भएपनि निष्कर्ष निस्किन भने सकेको छैन।

सलाह सकेसम्म लिभरपुलमै रहन चाहेको बताइन्छ। सलाह आफैंले पनि आफू लिभरपुल छाडेर जाने कुरा सोच्न पनि नसक्ने बताउँदै आएका छन्। केहि समय अगाडी एक अन्तर्वार्ताका क्रममा सलाहले भनेका थिए कि आफू लिभरपुलमै बस्ने पक्षमा रहेपनि त्यो कुरा आफ्नो हातमा मात्र सिमित नभएको बताएका थिए। त्यसको लागि क्लबपनि तयार हुनुपर्ने सलाहको संकेत थियो।

“मैले धेरै पटक भनेको छु: यदि निर्णय मेरो हो भने, म लिभरपुलमा बस्न चाहन्छु। तर निर्णय व्यवस्थापनको हातमा छ र उनीहरूले यो समस्या समाधान गर्नुपर्छ।”,सलाहले भनेका थिए।

फुटबल वृत्तमा चलेको चर्चा अनुसार लिभरपुल र सलाह बीच पारिश्रमिकलाई लिएर कुरा मिलिरहेको छैन। गएको ४ सिजन देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका सलाह आफ्नो पारिश्रमिक बढोस् भन्ने चाहन्छन्। तर उनले माग गरेजति पारिश्रमिक तिर्न लिभरपुल तयार देखिँदैन।

बार्सिलोनामा सलाह ?

बार्सिलोनाका नवनियुक्त प्रशिक्षक जाभी सलाहलाई भित्र्याउन चाहन्छन्। आक्रमणमा समस्या ग्रस्त बार्सिलोनालाई सलाह जस्तो खेलाडीले मात्रै पार लगाउन सक्नेमा उनी स्पष्ट छन्।

बार्सिलोनाले आफूलाई भित्र्याउन चाहनुलाई सलाह सकारात्मक रुपमा लिन्छन्। हालसालै एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा सलाहले बार्सिलोना जस्तो क्लबले आफू माथि चासो राख्नु खुशीको कुरा रहेको बताए।

“जाभीको रुचिबारे के भनिएको थियो त्यो मैले पढेको छु। यो कुराले मलाई खुशी दिन्छ कि बार्सिलोना जस्तो टोलीले म माथि चासो राखेको छ। तर म लिभरपुलमै सन्तुष्ट छु। भविष्यमा के हुन्छ हेर्दै जाउँ।”,एक मिडियासँग कुराकानी गर्दै सलाहले भने।

प्रकाशित : सोमबार, मङि्सर २०, २०७८२०:२०

यस्तो अवस्थामा बार्सिलोना च्याम्पियन्स लिगबाट आउट !