यस्तो अवस्थामा बार्सिलोना च्याम्पियन्स लिगबाट आउट !

एजेन्सी – च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको अन्तिम खेलमा बार्सिलोनाले बायर्न म्युनिखको सामना गर्दैछ। बायर्नको घरेलु मैदानमा हुने खेलमा बार्सिलोना धेरै नै दबावमा हुनेछ। च्याम्पियन्स लिगको समूह ‘इ’को शिर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरिसकेको बायर्नलाई हराउन बार्सिलोनाका लागि असम्भव जस्तै देखिन्छ।

समूह चरणको पहिलो खेलमा बार्सिलोना घरेलु मैदानमा बायर्नसँग ३-० को गोल अन्तरले पराजित भएको थियो। घरेलु मैदानमै कम्जोर प्रदर्शन गरेका कारण बार्सिलोनाले बायर्न विरुद्ध धेरै नै सम्हालिनु पर्नेछ। बुधबार राति हुने खेलमा पराजित भएको खण्डमा बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिन सक्नेछ।

छनौट हुने सम्भावना कति ?

च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गर्नको लागि बार्सिलोना बायर्न माथि जित निकाल्ने पर्ने दबावमा हुनेछ। बायर्नलाई पराजित गरेको खण्डमा बार्सिलोना सहजै नकआउट चरणमा प्रवेश गर्नेछ। तर बराबरी अथवा हार बेहोरेको खण्डमा भने बार्सिलोनाले बेन्फिका र डाइनामो किभ बीचको खेलमा भर पर्नुपर्नेछ।

यदि बायर्नसँग बार्सिलोना हार्छ र बेन्फिकाले डाइनामो किएभलाई पराजित गर्छ भने बार्सिलोना समूहचरणबाटै बाहिरिनेछ। त्यस्तो हुँदा बेन्फिका बार्सिलोना भन्दा १ बढी अंक बनाएर नकआउट चरणमा प्रवेश गर्नेछ।

तर यदि बेन्फिकाले डाइनामो किएभसँग बराबरी खेलेको अथवा हारेको अवस्थामा बार्सिलोना बायर्न विरुद्धको खेलको नतिजा जे जस्तो भएपनि च्याम्पियन्स लिगको अर्को चरणमा प्रवेश गर्नेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८०९:०६

मेस्सीको होटेल भत्काउन अदालतको आदेश, एकैपटक लाग्यो यति ठूलो झड्का !