मेस्सीको होटेल भत्काउन अदालतको आदेश, एकैपटक लाग्यो यति ठूलो झड्का !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का अर्जेन्टिनी स्टार फुटबलर लियोनेल मेस्सीलाई नराम्रो झड्का लागेको छ। स्पेनको एक अदालतले मेस्सीको लगानी रहेको एक होटल भत्काउन दिएसँगै मेस्सीलाई कडा झड्का लागेको हो।

विभिन्न स्पेनिस मिडियाहरुका अनुसार स्पेनमा रहेको मेस्सीको अत्याधुनिक सुविधासम्पन्न चार तारे होटल भत्काउन अदालतले आदेश दिएको छ। मापदण्ड पूरा नगरी बनाइएको तत्काल भत्काउन अदालतको आदेश रहेको छ।

७७ कोठे होटेलको भवन मापदण्ड पूरा नगरी निर्माण गरेको पाइएपछि अदालतले यस्तो आदेश दिएको एल कन्फिडेन्सियलले दाबी गरेको छ। मेस्सीले सो होटेल सन् २०१७ मा म्याजेस्टिक होटल समूहसँग ३० मिलियन युरोमा खरिद गरेका थिए।

थाहा हुन आएअनुसार, होटल बार्सिलोनाभन्दा ४० किलोमिटर टाढा समुन्द्र किनारमा रहेको छ। होटेलमा जुनियर सुइट र एउटा सुइटरूमसहित ७७ वटा कोठा छन्। सो होटेलमा एक रात बसेको १ सय ५ पाउण्ड लाग्थ्यो। होटेलका बाल्कोनी मापदण्ड भन्दा ठूलो र फायर प्लान सहित विभिन्न संरचना मापदण्ड अनुसार नभएको पाइएको स्पेनिस मिडियाहरु बताउँछन्।

मेस्सीले केहि दिन अगाडी मात्रै करियरको सातौँ बालोन डी’ओर जितेका थिए। मेस्सीका अनुसार उनलाई होटेलको मापदण्ड पूरा छैन भनेर थाहा थिएन।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८०९:५४

बालोन डी ओर चिफको खुलासा, ‘मलाई मेस्सीले जितुन् भन्ने लागेको थिएन, तर जितीहाले’