बालोन डी ओर चिफको खुलासा, ‘मलाई मेस्सीले जितुन् भन्ने लागेको थिएन, तर जितीहाले’

फ्रान्स फुटबलका मुख्य सम्पादक पास्कल फेरेले सन् २०२१ को बालोन डी’ओर अवार्डका लागि लियोनल मेस्सीलाई नभएर रोबर्ट लेवान्डोस्कीलाई भोट दिएको खुलासा गरेका छन् । फ्रान्स फुटबलले प्रत्येक वर्ष हुने बालोन डी’ओर समारोहको आयोजक हो।

फेरेले बालोन डी’ओर विजेताका लागि मतदान प्रक्रिया लोकतान्त्रिक ढंगले हुने बताए । उनले आफैंले रोबर्ट लेवान्डोस्कीलाई भोट दिएको बताए तर लियोनेल मेस्सी पनि यस वर्ष अवार्ड जित्न योग्य रहेको बताए। मार्का (द सन मार्फत) सँग बोल्दै, फेरेले भने, “बलोन डी’ओर लोकतान्त्रिक प्रणालीमा आधारित छ। त्यहाँ निर्णायकको १७० सदस्यहरू छन् र उनीहरूले मेस्सीलाई भोट गर्ने निर्णय गरेका छन्। मैले मेस्सीलाई पहिलो स्थान राखेको थिएन। मैले लेवान्डोस्कीलाई पहिलो स्थानमा रोजें, तर मलाई लाग्छ कि मेस्सी पनि बालोन डी’ को हकदार छन्।”

पछिल्लो दुई सिजनमा बालोन डी’ओर अवार्ड जित्न नसकेका रोबर्ट लेवान्डोस्की निकै अभागी रहे। ३३ वर्षीय फरवार्डले २०१९-२० सिजनमा बायर्न म्युनिखले ट्रेबल जित्दा पोलिस स्टार खेलाडीके सबै प्रतियोगितामा ४७ खेलमा ५५ गोल गरेका थिए। उनले त्यस वर्ष बालोन डी’ओर सजिलै जित्ने पक्का रहेको थियो, तर कोभिड-१९ महामारीका कारण समारोह रद्द भएको थियो।

यस पटक, रोबर्ट लेवान्डोस्की लियोनल मेस्सीसँग बालोन डी’ओर दौडमा पछाडी परेका छन्। पीएसजी फरवार्डले आफ्नो उत्कृष्ट करियरमा अभूतपूर्व सातौं पटक प्रतिष्ठित “गोल्डेन बल” अवार्ड जित्न सफल भए। लियोनल मेस्सीले दोस्रो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीभन्दा ३३ अंक बढी पाएका थिए। चेल्सीका मिडफिल्डर जोर्गिन्हो तेस्रो स्थानमा रहे।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१०:४१

ओराली लागेको हिरणको चाल भो जस्तै भयो यस सिजन मेस्सी-नेयमर जस्ता स्टारको हाल !