लेवान्डोस्कीले गरे मेस्सीको कडा कटाक्ष, ‘मेस्सीको कुरा फुस्रे शब्द मात्र नहोस्, इमानदार होस्’

रोबर्ट लेवान्डोस्कीले अन्ततः २०२१ बालोन डी’ओर लियोनेल मेस्सीसँग हारेपछि आफ्नो मुख खोलेका छन्। गत हप्ताको समारोहमा पेरिस सेन्ट जर्मेनका सुपरस्टार मेस्सीले लेवान्डोस्कीलाई हराउँदै आफ्नो सातौं अवार्ड जितेका थिए।

आफ्नो स्वीकृति भाषणको क्रममा मेस्सीले लेवान्डोस्की गत वर्ष अवार्डको हकदार भएको दाबी गरेका थिए, जुन कोभिड-१९ महामारीका कारण रद्द गरिएको थियो। लेवान्डोस्कीले अब मेस्सीको उक्त दाबीको जवाफ दिएका छन्। बायर्न म्युनिख स्ट्राइकरले पोलिश प्रकाशन कानाले स्पोर्टोवीलाई भने: “म २०२० अवार्ड पाउनको लागि त्यति उत्साहित छैन। म यो [मेस्सीको २०२० बालोन डी’ओर कथन] एक महान खेलाडीको इमानदार र विनम्र कथन होस् भन्ने चाहन्छु, खाली शब्दहरू मात्र होइन।”

२०२० मा लेवान्डोस्कीले क्लब र देशका लागि सबै प्रतियोगिताहरूमा ४४ खेलहरूमा ४७ गोल गर्दै बार्यन म्युनिखलाई ट्रेबल जिताउन प्रमुख भूमिका खेलेका थिए। यो वर्ष पनि उनले जम्मा ५५ खेलमा ६६ गोल गरेका छन्, तर त्यो मेस्सीलाई हराउन पर्याप्त थिएन। तर फ्रान्स फुटबलले लेवान्डोस्कीलाई वर्षको उत्कृष्ट स्ट्राइकर अवार्ड प्रदान गरेको थियो ।

“मैले दुःख महसुस गरें,” ३३ वर्षीयाले जारी राखे, “म यसलाई अस्वीकार गर्न सक्दिन। म भन्न सक्दिन कि म खुसी थिएँ, यसको विपरीत, मलाई दुःखको भावना छ। यति नजिक हुन, मेस्सीसँग प्रतिस्पर्धा गर्न पक्कै पनि म उनले कसरी खेल्छन् र उनले के हासिल गरेका छन् भन्ने सम्मान गर्छु। म उनीसँग प्रतिस्पर्धा गर्न सक्षम भएँ भन्ने तथ्यले नै म कहाँ पुगेको छु भनेर स्तर देखाउँछ।”

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१५:१६

मेस्सीले आफूलाई क्लबबाट ‘आउट’ गर्न खोजेको बारेमा बोले पोचेटिनो, भन्छन्…….