३० वर्षपछि कुम्भ राशिमा आउदैछन् शनि , यी ४ राशिमा साढे सातको दशा !

जब-जब शनि एक राशिलाई छोडेर अर्को राशिमा प्रवेश गर्छन् तब मान्छेहरु निकै डराउन थाल्छन्। शनिको राशी परिवर्तन ज्योतिष शास्त्रमा निकै नै महत्त्वपूर्ण हुन्छ। शनिको राशी परिवर्तनले सबै राशिमा प्रभाव पर्छ। शनि प्रत्येक साढे दुई वर्षपछि आफ्नो राशी बदल्छन्। यस्तैमा २०२२ मा शनि आफ्नो राशि बदल्दै छन्। शनिदेव २९ अप्रिल २०२२ मा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछन्। शनि कुम्भ राशिमा प३० वर्षपछि प्रवेश गर्न लागेको हो। किनकि शनि कुनै एक राशिमा साढे दुई वर्षसम्म रहन्छ। शनि राशि परिवर्तन गरेर सबै राशिमा आउन ३० वर्ष लगाउँछन्।  शनिको राशी परिवर्तनले केहि राशिलाई राहत मिल्छ भने केहि समस्या बढ्छ। थाहा पाउनुहोस शनिको राशी परिवर्तनले कुन-कुन राशिलाई समस्या हुन्छ।   

कर्क राशि 

२०२२ सालमा शनिको राशि परिवर्तन कुम्भ राशिमा हुनाले कर्क राशि हुने व्यक्तिलाई यसको शुभ प्रभाव रहनेछैन। आर्थिक समस्या बढ्ने संकेत छ। पेसा र व्यवसायमा सानोतिनो समस्या आउन सक्छ। लगानी सम्बन्धि विशेष ध्यान दिनुहोला। सोचविचार नगरी लगानी नगर्दा राम्रो नहुन सक्छ। कुनै नयाँ काम छिट्टै सुरु नगर्नुहोला।

कुंभ राशि

कुनै पनि ठुलो निर्णय लिनु तपाईको लागि नोक्सानदायक साबित हुन सक्छ। कुनै रोगले तपाईलाई सताउन सक्छ। पैसाको समस्या बढ्न सक्छ। त्यसैले सकेसम्म खर्च कम गर्नुहोला। परिवारमा विवाद बढ्न सक्छ। कार्यक्षेत्रमा समस्या आउन सक्ला।

वृश्चिक राशि

२०२२ मा शनिले तपाईलाई कष्ट होला।  कुनै पनि कार्यमा सफलता पाउनको लागि निकै समय लाग्नेछ। कठिन परिश्रमपछि पनि त्यसको फल प्राप्त नहुदा खिन्न रहनुहुन्छ। पेसामा मन लाग्नेछैन। खर्च वृद्दि हुनेछ। जीवनसाथीसँग मनमुटाव बढ्न सक्छ। मानसिक समस्या झेल्नु पर्नेछ।

तुला राशि 

शनिको राशी परिवर्तनले तुला राशि हुने व्यक्तिलाइ राम्रो रहनेछैन। धन हानिको सम्भावना धेरै र पैत्रिक सम्पत्तिलाई लिएर  परिवारमा मनमुटाव हुन सक्छ।  व्यापार र पेसामा सुरुवातको केहि महिनामा समस्या आउन सक्ला।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१६:१७

ग्रहचक्रमा आज बन्दै यस्तो महान् संयोग: यी राशिलाई अत्यन्त शुभ, कुन-कुन ?