माधवले भने – ‘अब एमालेको झण्डा बाँदरले बोक्नु पर्ने दिन आउँछ’

cWoIf g]kfn – ;Daf]wg Og?jf, @! dªl;/ . ;'g;/Lsf] O6x/L pkdxfgu/kflnsfdf dªunaf/ g]skf PsLs[t ;dfhjfbL kf6L{sf] ! gDa/ k|b]z:t/Lo e]nf tyf sfo{stf{ k|lzIf0f sfo{qmdnfO{ ;Daf]wg ub}{ kf6L{sf cWoIf dfwjs'df/ g]kfn . t:jL/ M clhts'df/ emf, /f;;

इनरुवा – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले समाप्त पारेर केपी शर्मा ओलीले नारायणी नदीमा तिलाञ्जली दिएको बताएका छन्।

सुनसरीको इटहरी उपमहानगरपालिकामा मंगलबार पार्टीको १ नम्बर प्रदेशस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले ओलीवादले एमाले समाप्त भइसकेकाले पार्टीभित्र रहेका नेता कार्यकर्ताको कन्तबिजोग हुने दिन छिट्टै आउने बताए । अहिले एमालेभित्र रहेका नेता कार्यकर्तालाई समस्या भइरहेको भन्दै उनले एमाले नछोडे उनीहरुको समस्या झन् बढ्दै जाने बताए ।

एमालेको राष्ट्रिय भेलालाई कुम्भ मेलाको संज्ञा दिँदै अध्यक्ष नेपालले एमालेको हविगतका कारण पार्टीको झण्डा बोक्ने कार्यकर्तासमेत नहुने ठोकुवा गरे । चितवनमा गैँडालाई थमाइएको पार्टीको झण्डा छिट्टै अब बाँदरले बोक्ने दिनसमेत आउने उनको भनाइ थियो ।

ओलीको एमालेभन्दा आफ्नो पार्टी देशभर सदृढ बन्दै गएको उनले उल्लेख गरे । कार्यक्रममा १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईसहितका पार्टीका सयौँ नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८१९:४३

ज्ञानेन्द्र माथि खनिए माधव नेपाल, दिए कडा च्यालेन्ज !