“बालोन डी’ओर नजित्दा दुख त लाग्यो, तर मेस्सीसँग प्रतिष्पर्धा गर्न सक्नु सामान्य कुरा होइन”

एजेन्सी – बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले बालोन डी’ओर नजित्दा दुखि भएको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा लेवान्डोस्कीले बालोन डी’ओरमा लियोनेल मेस्सी भन्दा पछाडी पर्दा दुख लागेको बताएका हुन्।

कनाल स्पोर्टोवीसँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले बालोन डी’ओरमा पछि पर्दा खुशी छु भनेर भन्न नसक्ने बताए। उनले भने,”म भन्न सक्दिन कि म खुशी थिएँ। त्यसको विपरित मलाई दुख लागेको थियो।”

मेस्सी जस्तो खेलाडीसँग प्रतिष्पर्धा गर्न सक्नु नै आफ्नो ठूलो उपलब्धि भएको लेवान्डोस्कीको भनाई छ। मेस्सीसँगको प्रतिष्पर्धामा धेरै नजिक हुनुले आफ्नो स्तरलाई प्रमाणित गरेको लेवान्डोस्की मान्छन्।

“मेस्सीले जसरी खेल्छन् र उनले जे हाँसिल गरेका छन्, म त्यसको सम्मान गर्छु। म उनीसँग प्रतिस्पर्धा गर्न सक्षम हुनुले नै म कुन स्तरमा पुग्न सफल भएको छु भन्ने देखाउँछ।”,लेवान्डोस्कीले भने।

गएको केहि सिजन देखि लेवान्डोस्की उच्च लयमा छन्। बायर्नको पछिल्लो सफलतामा लेवान्डोस्कीको मुख्य भूमिका छ। सन् २०२० र २०२१ मा आफूलाई विश्वकै सर्वोत्कृष्ट स्ट्राइकरको उपमा आफूलाई उभ्याउन सफल लेवान्डोस्कीले यस वर्षको बालोन डी’ओर जित्ने अनुमान गरिएको थियो।

गत वर्ष स्थगित भएको बालोन डी’ओरको समेत हकदार रहेका लेवान्डोस्की मेस्सी भन्दा पछि परेका थिए। विश्वका धेरै खेल पत्रकारको भोटमा मेस्सीले लेवान्डोस्कीलाई पछि पार्दै बालोन डी’ओर जितेका थिए।

प्रकाशित : मङ्गलबार, मङि्सर २१, २०७८२१:५०

ब्रुगको पोस्टमा पिएसजीको ४ गोल, एम्बाप्पे र मेस्सीले दुई-दुई गोल ठोके !