च्याम्पियन्स लिगमा लिभरपुलले गाड्यो झण्डा, बनायो नयाँ रेकर्ड !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा इटालियन क्लब एसी मिलानलाई पराजित भएको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एसी मिलानलाई उसकै घरेलु मैदानमा २-१ को गोल अन्तरले पराजित गरेको हो।

लिभरपुललाई विजयी गराउने क्रममा मोहम्मद सलाह र डिभोक ओरिगीले गोल गरे भने मिलानका लागि एक मात्र गोल फिकायो टोमोरीले गरेका थिए। मिलानले अग्रता लिएको अवस्थामा समेत लिभरपुलले खेलमा पुनरागमन गर्न सक्यो।

खेलको २८ औं मिनेटमा घरेलु टोलीले फिकायो टोमोरीको गोलमा अग्रता लिएको थियो। तर सो अग्रता केहि मिनेट भन्दा बढी टिक्न सकेन। खेलको ३६ औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल फर्काए। दोस्रो हाफको ५५ औं मिनेटमा डिभोक ओरिगीले गोल गरे। उनले गरेको गोल नै निर्णायक बन्न पुग्यो।

लिभरपुलको रेकर्ड

च्याम्पियन्स लिगको समूहचरणमा लिभरपुलले शतप्रतिशत जित निकालेको छ। समूहचरणका ६ खेल खेल्दा लिभरपुल न त पराजित भयो, न त कुनै खेल बराबरी नै खेल्यो। यससँगै लिभरपुल च्याम्पियन्स लिगको समूहचरणमा शतप्रतिशत जित निकाल्ने पहिलो प्रिमियर लिग क्लब बन्न सफल भएको छ।

यस अगाडी कुनै पनि प्रिमियर लिग क्लबले च्याम्पियन्स लिगको समूहचरणमा शतप्रतिशत जित निकाल्न सकेको थिएन। सबै भन्दा कठिन मानिएको समूहमा शतप्रतिशत जित निकालेसँगै लिभरपुल च्याम्पियन्स लिगको दाबेदारको रुपमा अगाडी आएको छ।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८०७:१६

च्याम्पियन्स लिगको अन्तिम खेलमा चम्किए हालान्ड !