मेस्सी र एम्बाप्पे बीच मिठो तालमेल, त्यो पास अनि मेस्सीको उत्कृष्ट गोल [भिडियो सहित]

पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि क्लब ब्रुग विरुद्धको खेलमा लियोनल मेस्सीले शानदार गोल गरे। मंगलबारको खेलमा मेस्सी र एम्बाप्पे बीच निकै राम्रो तालमेल देखियो, जसले निकै उत्कृष्ट स्किल देखाउँदै मेस्सीलाई निकै आकर्षक र सटिक पास दिएका थिए।

एम्बाप्पेको सानदार पासलाई सदुपयोग गर्दै ३४ वर्षीय अर्जेन्टिनी कप्तानले निकै मिठो तरिकाले डी-बक्स बाहिरबाट नै बललाई कर्ल गर्दै निकै उत्कृष्ट गोल गर्न सफल भएका थिए। मेस्सीको उक्त गोल सात पटकका बालोन डी ओर विजेताको ट्रेड-मार्क गोल रहेको थियो।

हेर्नुहोस् मेस्सीको उक्त उत्कृष्ट गोल:-

https://twitter.com/i/status/1468411107656142854

पीएसजीको घरेलु मैदानमा भएको खेलमा किलियन एम्बाप्पे र लियोनेल मेस्सीले दुई-दुई गोल गरे। जस मध्ये मेस्सीले गरेको एक गोल पेनाल्टी थियो। क्लब ब्रुगका लागि भने माट्स रिट्सले सान्त्वना गोल फर्काए।

पीएसजीले खेलको दोस्रो मिनेटमै अग्रता लिएको थियो। नुनो मेन्डेसको सुरुवाती प्रहार गोलरक्षकले बचाएपनि आएको रिबाउन्डलाई एम्बाप्पेले गोलमा परिणत गरेका थिए। गोल गरेको पाँच मिनेट नबित्दै एम्बाप्पेले पीएसजीको अग्रता दोब्बर पारे। एन्जल डी मारियाले पेनाल्टी क्षेत्र बाहिरबाट दिएको पासलाई एम्बाप्पेले गोल पोस्टको बाटो देखाएका थिए।

त्यस्तै मेस्सीले खेलको ३७ औं मिनेटमा गोल गरे। मेस्सीको गोल सँगै पिएसजी पहिलो हाफमा नै ३-० को बलियो अवस्थामा पुग्यो। खेलको ६७ अ‍ौं मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई खेलमा फर्काउन पुगे। तर मेस्सीलाई पेनाल्टी क्षेत्रभित्र लडाइएपछि पीएसजीले पेनाल्टी पायो। पेनाल्टीमा मेस्सीले गोल गर्दै पीएसजीलाई ४-१ को अवस्थामा पुर्याए।

च्याम्पियन्स लिग समूह चरणको अन्तिम खेलमा जित निकालेपनि पिएसजी दोस्रो स्थानमा रह्यो। समूह चरणका ६ खेलमा पिएसजीले ३ जित र १ हार बेहोर्यो। तर दुई खेलमा भने पीएसजीले बराबरी खेल्यो।

प्रकाशित : बुधबार, मङि्सर २२, २०७८११:१३

एम्बाप्पेले बिर्सिए रोनाल्डोलाई, मेस्सीनै सर्वश्रेष्ठ भन्दै गरे खुब तारिफ !