बार्सिलोनाको म्युनिखको एलियान्ज एरिनाको भ्रमण अघि, एक अप्ठ्यारो तथ्याङ्क छ जसले बार्सिलोनाको जारी सिजनको कठोर वास्तविकतालाई उजागर गर्दछ: रोबर्ट लेवान्डोस्कीले २०२१/२२ मा सम्पूर्ण ब्लाउग्राना टोली भन्दा बढी गोलहरू गरेका छन्।
गत दुई सिजन देखि पोलिश स्ट्राइकर अविश्वसनीय लयमा रहेका छन् र यस सिजन पनि उनले २१ खेलहरूमा २७ गोल गरेका छन्। त्यस्तै, बार्सिलोनाले सबै प्रतियोगितामा जम्मा २५ गोल मात्रै गरेको छ। बुधबार हुने लागेको च्याम्पियन्स लिगको खेलमा पनि हालत यस्तै रहेको छ। लेवान्डोस्कीले समूह ई मा ९ गोल गरेका छन् भने बार्सिलोनाले दुई गोल मात्र गरेको छ।
पाँच खेलमा पाँच जीत निकालेदै समूहको शिर्ष स्थानमा रहेको बार्यन म्युनिखलाई यस सिजन रोक्न निकै कठिन देखिएको छ, जसले क्याटालान्सको बार्यनलाई हराउने कार्य अझ कठिन देखिन्छ। अन्तिम १६ मा प्रवेश गर्नको लागि स्पेनिस महारथीले जर्मन च्याम्पियनलाई च्याम्पियन्स लिग सिजनको पहिलो पटक पराजित गर्नुपर्नेछ। अन्यथा बार्सालाई बेन्फिका र डिनामो किभ बीचको खेलको नतिजामा निर्भर हुनुपर्नेछ।
यदि समूहको अर्को खेलमा बेन्फिकालाई डिनामो किभले पराजित गरेको खण्डमा वा बराबरीमा रोकेको खण्डमा भने बार्सिलोना स्वत अन्तिम १६ का लागि छनोट हुनेछ। यदि पोर्चुगिज क्लबले जीत निकालेको खण्डमा जाभीको टोलीलाई जीत आवश्यक हुनेछ।

