एथ्लेटिको छाड्दै फेलिक्स, यी चार क्लबको नजर ! कुन-कुन ?

एजेन्सी – युवा पोर्चुगिज स्ट्राइकर जोआओ फेलिक्सले स्पेनिस लालिगा क्लब एथ्लेटिको म्याड्रिड क्लब छाड्ने भएका छन्। विभिन्न स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार फेलिक्सले एथ्लेटिको छाड्न लागेका हुन्।

एजेन्ट जोर्गे मेन्डेस नयाँ क्लबको खोजिमा जुटिसकेको र आउने ट्रान्सफर विन्डोमै फेलिक्सको ट्रान्सफर हुन सक्ने स्पेनिस मिडियाहरुको दावी छ। मेन्डेसले एथ्लेटिकोलाई पनि फेलिक्सका लागि नयाँ क्लबको खोजि गरिरहेको बारे जानकारी गराइसकेको बताइन्छ। जवाफमा एथ्लेटिकोले ठूलो अफर ल्याए बेच्ने बताएको मिडियाहरुको दावी छ।

फेलिक्स सन् २०१९ मा बेन्फिकाबाट एथ्लेटिको पुगेका थिए। एथ्लेटिकोले उनलाई १ सय २६ मिलियन युरोमा किनेको थियो। एन्टोइन ग्रिजम्यानको ठाउँ लिन सकने खेलाडीको रुपमा भित्र्याइए पनि उनले अपेक्षा गरीए जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्।

फेलिक्स सिजनको सुरुमा घाइते भएका थिए। तर पछि ठिक भएपछि उनी तीन ला लिगा खेलहरू र सबै चार च्याम्पियन्स लिग खेलहरूमा प्रशिक्षक सिमोनीको रोजाईमा परेका थिए। तर नोभेम्बरमा भएको भ्यालेन्सियाको खेल पछि भने उनके कम मौका पाउँदै आएका छन्। भ्यालेन्सियाको खेल पश्चात समस्या उत्पन्न भएको र उनी प्रशिक्षक सिमोनीको रोजाईमा पर्न छाडेको बताइन्छ।

प्रिमियर लिग क्लबहरुको चासो

फेलिक्स लालिगा छाड्न तयार भएको थाहा पाएसँगै धेरै क्लबहरुको ध्यान उनी तर्फ केन्द्रित भएको छ। प्रिमियर लिगका विभिन्न क्लबहरुले २२ वर्षिय फेलिक्सलाई भित्र्याउने योजना बनाइरहेका छन्। फेलिक्सलाई भित्र्याउन इच्छुक क्लबहरुमा आर्सनल, लिभरपुल, टोटनह्याम र न्युक्यासल रहेका छन्।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८१०:३१

केनको लयले हावा खायो, अब सिटीले नकिन्ने !