भोलि रमेश खरेलले नयाँ पार्टीको घोषणा गर्दै !

काठमाडौँ – विभिन्न सामाजिक अभियान चलाउँदै आएका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल अन्ततः राजनीतिमा प्रवेश गर्ने भएका छन्। खरेल शुक्रबारबाट औपचारिक रुपमै राजनीतिमा प्रवेश गर्ने भएका हुन्।

प्राप्त जानकारी अनुसार शुक्रबार खरेलले नयाँ पार्टीको घोषणा गर्दैछन्। खरेलको नेतृत्वमा नेपाल सुशासन पार्टी गठन हुन लागेको बताएको छ। नेपाल सुशासन पार्टी गठन अगाडी सोहि नाममा अभियान चलाउँदै आएका उनी आफैं संयोजकको रुपमा रहेका छन्।

देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन नसकेका कारण नेपाली जनताको मर्म अनुसार काम गरेर नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्ने उद्देश्यसहित पार्टी गठन गर्न लागिएको खरेलले बताए।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८१९:५५

हप्ताको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?