अन्ततः एक-अर्काका भए विक्की र कट्रिना, पहिलो तस्विर बाहिरियो ! [तस्विर सहित]

एजेन्सी – बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कट्रिना कैफ अन्ततः वैवाहिक बन्धनमा बाँधिएका छन्। गएको केहि समय देखि प्रेम सम्बन्धमा रहेका दुई बीच बिहिबार विवाह भएको हो।

भारतस्थित राजस्थानको सवाई माधोपुरस्थित सिक्स सेन्स फोर्ट बर्वारामा बिहिबार विवाह सम्पन्न भएको भारतीय संचार माध्यमहरुले जनाएका छन्। वैवाहिक समारोहमा दुवैका परिवारका साथ-साथै बलिउडका चर्चित हस्तीहरु सहभागी भएका थिए।

आफूहरु वैवाहिक बन्धनमा बाँधिएको बारे दुवैले आफ्नो-आफ्नो सामाजिक संजाल मार्फत जानकारी समेत गराएका छन्। तस्विर समेत सार्वजनिक गर्दै विक्की र कट्रिनाले सबैबाट आशिर्वादको अपेक्षा राखेका छन्।

“हामीलाई यस क्षणमा ल्याउने सबै कुराप्रति हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता छ। यो नयाँ यात्राका लागि सबैबाट माया र आशिर्वादको अपेक्षा राखेका छौँ। “,दुवैले सामाजिक संजाल मार्फत भनेका थिए।

विक्की र कट्रिना कोरोना महामारी पछि नजिकिएका हुन्। दुवैलाई विभिन्न अवसरहरुमा सँग-सँगै देखिएको थियो। दुई बीच प्रेम सम्बन्ध रहेका बारे लगातार खबर आएपनि दुवै मौन थिए।

प्रकाशित : बिहिबार, मङि्सर २३, २०७८२१:४४

यी बलिउड कलाकारले कलिलो उमेरमा नै सफलताको शिखर चुमे , को-को हुन् त यी !