यी बलिउड कलाकारले कलिलो उमेरमा नै सफलताको शिखर चुमे , को-को हुन् त यी !

बलिउड इंडस्ट्रीमा थुप्रै अभिनेत्री छन् जो सानै उमेरमा फिल्मी दुनियामा सक्रिय रहे।  यस लिस्टमा सारा अली खानदेखि जाह्नवी कपूर, आलिया भट्ट, अलाया फर्नीचरवाला र अनन्या पांडेसम्मको नाम पर्छ। यति मात्र नभई बलिउडमा आफ्नो करियर शुरू गर्नको लागि उनीहरुले पढाई पनि पूरा गरेनन्। यी अभिनेत्रीले पहिलो फिल्मले नै दर्शकलाई दिवाना बनाएका छन्।   अहिलेको समयमा अभिनेत्रीले आफ्नो मिहिनेतले यो साबित गरेका छन् कि उनीहरु स्टार बन्न सक्षम छन्। स्क्रिनमा एक से एक फिल्म दिएर यी अभिनेत्रीले फिल्ममार्फत निकै रकम कमाईसकेका छन्। यी ति अभिनेत्री हुन् जसले सानै उमेरमा सफलता पाए :-

आलिया भट्ट

आलिया भट्टले बाल कलाकारको रुपमा स्क्रिनमा काम  गरिसकेकी छन्। उनले ठुलो भएपछि पनि फिल्ममा कदम राखिन्। अहिले उनी बलिउडको चर्चित नाम बनिसकेकी छन्। २०१२ सालमा उनले ‘स्टुडेन्ट अफ द ईयर ‘ बाट फिल्ममा कदम राखेकी थिइन्। त्यस समय उनी १९ वर्षीय थिइन्। यस फिल्मपछि आलियाले हाईवे’, ‘डियर जिंदगी’, ‘राजी’ जस्ता थुप्रै फिल्ममा काम गरिन्। कामको कुरा गर्ने हो भने मिडिया रिपोर्टस अनुसार अभिनेत्रीले १० देखि १२ करोड लिन्छिन्।

अलाया फर्नीचरवाला

अलाया फर्नीचरवाला, अभिनेत्री पूजा भट्ट हुन्।  अलायाले फिल्म ‘जवानी जानेमन’ बाट बलिउडमा डेब्यू गरेकी थिइन्।  यस फिल्ममा उनले सैफ अली खानको अनस्क्रीन बेटीको भूमिका निभाएकी थिइन्। हालै यस फिल्मपछि अलायाले  अहिलेसम्म कुनै अरु फिल्ममा काम गरेकी छैनन्। तर उनको अभिनय देखेपछि उनी फेरिपनि अरु फिल्ममा देखिनेछिन्।

जाह्नवी कपूर

दिवंगत अभिनेत्री श्रीदेवी र निर्देशक बोनी कपूरको छोरी जाह्नवी कपूर इंडस्ट्रीमा निकै चर्चित छिन्। फिल्म ‘धडक’ बाट उनले कदम राखेकी छन्। पहिलो फिल्मको लागि जाह्नवीलाई ५०-६० लाख मिलेको थियो। मिडिया रिपोर्टस अनुसार  उनी एक फिल्मको लागि एक करोड चार्ज गर्छिन्। अहिले उनी थुप्रै फिल्ममा काम गर्छिन्।

संजना सांघी

सुशांत सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ मा मुख्य अभिनेत्रीको रुपमा काम गरेकी अभिनेत्री संजना सांघीले  आफ्नो क्यूटनेसले दर्शकको मन जितेकी थिइन्। कमै मान्छेलाई यो थाहा छ कि यो उनको डेब्यु फिल्म हैन। उनको पहिलो फिल्म ‘ रकस्टार ‘ हो।  उनले त्यो फिल्ममा काम गर्ने समयमा उनी मात्र १५ वर्षकी थिइन्। त्यसपछि उनले २०१७ मा रिलिज भएको फिल्म ‘फुकरे रिटर्न्स’ मा काम गरेकी थिइन्।  अहिले संजना सांघी एक फिल्मको लागि १-२ करोड लिन्छिन्।

अनन्या पांडे

चंकी पांडेको छोरी अनन्या पांडेले पनि सानै उमेरमा बलिउडमा डेब्यु गरेकी थिइन्भी। अनन्याले  फिल्म  ‘स्टूडेंट अफ द ईयर २ ‘ मा काम गर्ने क्रममा उनी २१ वर्षकी मात्र थिइन्। फिल्ममा काम गर्नु बाहेक उनी एडमा देखिने गर्थिन्। अहिले अनन्या एक फिल्मको लागि ३-४ करोड लिन्छिन्।

 

प्रकाशित : शुक्रबार, मङि्सर २४, २०७८१७:२६

यो साल पनि बिहे नभएपछि चिन्तित केकी, भन्छिन्-‘मङ्सिर पनि हिड्यो त’