२०२१-२२ च्याम्पियन्स लिगको नकआउट चरण अब धेरै टाढा छैन। पीएसजी विरुद्ध म्यानचेस्टर सिटी तथा लिभरपुल विरुद्ध एसी मिलान सहित थुप्रै रोमाञ्चक खेलहरू पछि समूह चरणको समापन भइसकेको छ।
रियल म्याड्रिड, म्यानचेस्टर युनाइटेड र चेल्सी जस्ता ठूला नामका टोलीहरू सबै अर्को राउन्डका लागि छनोट भएका छन्, र ध्यान अब प्रत्येक टोलीले कसको सामना गर्न सक्छ भन्नेमा केन्द्रित छ। यस्तोमा हामीसँग तपाईंले च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र र प्रत्येक टिमको सम्भावित विपक्षीहरूको बारेमा जान्न आवश्यक पर्ने कुराहरू छन्।
कहिले हुनेछ च्याम्पियन्स लिग अन्तिम १६ को ड्र ?
२०२१-२२ च्याम्पियन्स लिगको नकआउट चरणको ड्र सोमबार १३ डिसेम्बर २०२१ मा हुनेछ। यो 11am GMT / 6am ET मा युईएफएको मुख्यालय नियोन, स्विट्जरल्याण्डमा आयोजना हुनेछ।
च्याम्पियन्स लिग अन्तिम १६ को ड्र ले कसरी काम गर्छ ?
आठ समूह विजेता सिडेड र आठ उपविजेता अन-सिडेड रहनेछन्। एउटै समूहका टोलीहरू एकअर्काको विरुद्धमा खेल्न सक्दैनन् र एउटै संघका क्लबहरू (जस्तै प्रिमियर लिग वा ला लिगा) पनि सँगै खेल्न सक्दैनन्।
Group | Winners (seeded) | Runners-up (unseeded) |
A | Manchester City | PSG |
B | Liverpool | Atletico Madrid |
C | Ajax | Sporting |
D | Real Madrid | Inter |
E | Bayern Munich | Benfica |
F | Manchester United | Villarreal |
G | Lille | Red Bull Salzburg |
H | Juventus | Chelsea |
अन्तिम १६ मा रोनाल्डोको म्यानचेस्टर युनाइटेडका सम्भावित विपक्षीहरु
पीएसजी, एट्लेटिको म्याड्रिड, स्पोर्टिङ, इन्टर, बेन्फिका, वा रेड बुल साल्जबर्ग। पुन: एक पटक मेस्सी विरुद्ध रोनाल्डोको भिडन्त देख्न मिल्नेछ त ?
अन्तिम १६ मा साबिक विजेता चेल्सीका सम्भावित विपक्षीहरु
बायर्न म्युनिख, आयाक्स, रियल म्याड्रिड, वा लिल।
अन्तिम १६ मा लिभरपुलका सम्भावित विपक्षीहरु
पीएसजी, स्पोर्टिङ, इन्टर, बेन्फिका, रेड बुल साल्जबर्ग वा भिल्लारियल।
अन्तिम १६ मा म्यानचेस्टर सिटीका सम्भावित विपक्षीहरु
स्पोर्टिङ, इन्टर, एट्लेटिको म्याड्रिड, बेन्फिका, रेड बुल साल्जबर्ग वा भिल्लारियल।
अन्तिम १६ मा रियल म्याड्रिडका सम्भावित विपक्षीहरु
पीएसजी, स्पोर्टिङ, बेन्फिका, लिल, रेड बुल साल्जबर्ग वा चेल्सी।
अन्तिम १६ मा पीएसजीका सम्भावित विपक्षीहरु
लिभरपुल, आयाक्स, रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर युनाइटेड वा युभेन्टस।