जाभीको नजरमा बार्सिलोनामा देखिएको समस्या मनोवैज्ञानिक, भन्छन् ‘हामी उपाधिका लागि लड्न सक्छौं’

एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले बार्सिलोनाको टीममा मनोवैज्ञानिक समस्या रहेको बताएका छन्। लालिगामा ओसासुनाको भ्रमण गर्नु अगाडी आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रम जाभीले बार्सिलोनाको टीममा मनोवैज्ञानिक समस्या रहेको बताएका हुन्।

बार्सिलोनाको टीम प्रतिष्पर्धा गर्न र उपाधि जित्न सक्षमा रहेको जाभीले बताए। बार्सिलोनाको टीममा मनोबलको कमि देखिएको जाभीको भनाई छ। च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिख विरुद्धको खेलमा पनि आफ्नो टोलीमा मनोवैज्ञानिक समस्या देखिएको जाभी बताउँछन्।

“यो फुटबलभन्दा पनि मनोवैज्ञानिक समस्या हो। खेलाडीहरुले आफूलाई विश्वास गर्नुपर्छ र यो नै उनीहरुको काम हो। हामीले उनीहरूलाई साहसी हुन प्रोत्साहित गरिरहेका छौँ।”,जाभीले भने।

बार्सिलोनामा भएपछि खेलाडीहरुले शतप्रतिशत दिएर खेल्नुपर्ने जाभीले बताए। उनका अनुसार बार्सिलोनाका खेलाडीहरुले उच्च मनोबल सहित उच्च लक्ष्य सहित मैदानमा उत्रनुपर्ने हुन्छ।

उनले भने,”बार्सिलोनामा ठिकै खेलेर चल्दैन। उत्कृष्टताको लागि लक्ष्य राख्नुपर्छ। तर अहिले यो देखिएको छैन। अहिले यसैको कमि देखिएको छ। बार्सिलोनामा भएपछि उच्च तहको लक्ष्य लिएर अगाडी बढ्नु पर्छ।”

बार्सिलोनाको वर्तमान स्क्वाड उच्च मनोबल सहित मैदानमा उत्रन सकेको खण्डमा उपाधिका लागि प्रतिष्पर्धा हुन सक्ने जाभीको भनाई छ। जाभीले भने,”हाम्रो स्क्वाडसँग प्रतिष्पर्धा गर्ने र उपाधि जित्ने स्तर छ। बायर्न विरुद्धको खेलमा पनि मनोवैज्ञानिक देखियो।”

प्रकाशित : शनिबार, मङि्सर २५, २०७८२१:५५

रोनाल्डोको पेनाल्टी गोल, युनाइटेड विजयी !