रोनाल्डोको पेनाल्टी गोल, युनाइटेड विजयी !

एजेन्सी – पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साँघुरो जित निकालेको छ ।

युनाइटेडले घरेलु टोली नर्विच सिटीमाथि १–० को झिनो जित निकालेको हो । युनाइटेडको जितमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । क्यारो रोड नर्विचमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए ।

तर, ७५औं मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । म्याक्स आरोन्सले पेनाल्टी बक्समा रोनाल्डोलाई लडाएपछि रेफ्रीले युनाइटेडलाइै पेनाल्टी प्रदान गर्दा रोनाल्डो आँफैले गोल गरेका थिए । यो जितसँगै युनाइटेड १६ खेलबाट २७ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । पराजित नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

अर्काे खेलमा लन्डन क्लब आर्सनलले साउथह्याम्टनलाई ३–० ले पराजित गरेको छ । आर्सनलको जितमा एलेसान्द्रे लाकाजेट, मार्टिन ओडेगार्ड र गाव्रियलले गोल गरे । आर्सनलले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

शनिबार राति भएको खेलको २१औं मिनेटमा एलेसान्द्रे लाकाजेटको गोलबाट घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो । उनले बुकायो साकाको पासलाई सदुपयोग गरेका थिए । २७औं मिनेटमा काइरन टाएरनीको पासमा मार्टिन ओडेगार्डले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे ।

६२औं मिनेटमा गाव्रियलले गाव्रियल मार्टिनेलीको पासमा गोल गर्दै आर्सनललाई सहज जिततर्फ अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा आर्सनलले सहज जित आत्मसात गर्न सफल भयो ।

यो जितसँगै आर्सनल १६ खेलबाट २६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । आर्सनलले दुइै खेल कम खेलेको टोटेनहमलाई १ अंकले पछि पारेको हो । पराजित साउथह्याम्टन १६ अंक जोडेर १६औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८०८:४५

सलाह भर्सेस रोनाल्डो: के सलाहले पछि पारेका हुन् त रोनाल्डोलाई ?