सलाह भर्सेस रोनाल्डो: के सलाहले पछि पारेका हुन् त रोनाल्डोलाई ?

एजेन्सी – इजिप्टियन फरवार्ड मोहम्मद सलाहको निर्णायक गोलमा मर्सिसाइड क्लब लिभरपुलले एस्टनभिल्लामाथि संघर्षपुर्ण जित निकालेको छ ।

लिभरपुलले भिल्लालाई घरेलु मैदानमा १–० ले पराजित गरेको हो । लिभरपुलको जितमा मोहम्मद सलाहले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले ६७औं मिनेटमा गोल गरेका थिए ।

त्यस्तै, पोर्चुगिज सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा साँघुरो जित निकालेको छ ।

युनाइटेडले घरेलु टोली नर्विच सिटीमाथि १–० को झिनो जित निकालेको हो । युनाइटेडको जितमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । क्यारो रोड नर्विचमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही सुवर्ण अवसर खेर फालेका थिए । 

जारी सिजनमा सलाह र रोनाल्डो निकै उत्कृष्ट लयमा रहेका छन्। यसै सिजन युभेन्टसबाट म्यानचेस्टर फर्किएका रोनाल्डोले लिगका सुरुवाती खेल गुमाएपनि अहिलेसम्म ७ गोल गरिसकेका छन् भने यस सिजन लिगको पहिलो खेलमा नै ह्याट्रिक गर्न सफल भएका इजिप्टियन स्टार खेलाडी सलाह भने १४ गोलका साथ गोल्डेन बुटको दौडमा अग्र स्थानमा रहेका छन्।

त्यस्तै, च्यम्पियन्स लिगमा पनि दुबै खेलाडीको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। ५ पटकका ब्यालोन डी ओर विजेता रोनाल्डोले समूह चरणका खेल सकिँदा सम्म ६ गोल गरेका छन् भने पूर्व रोमा स्टार खेलाडी सलाहले ७ गोल गरिसकेका छन्। इतिहास कै सर्वश्रेष्ठ मध्ये एक मानिने रोनाल्डो यस सिजन भने प्रिमियर लिगमा मोहम्मद सलाह भन्दा पछि परेको स्पष्ट रूपमा देखिएको छ, कमसे सम यस समयसम्म। सिजनको अन्त्यसम्म के हुनेछ भनेर त समयले नै बताउँछ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८११:१३

यी दिग्गज खेलाडी भन्छन्- “रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट हुन बाठो हुन खोजे, तर सक्दै सकेनन्”