यी दिग्गज खेलाडी भन्छन्- “रोनाल्डो मेस्सी भन्दा उत्कृष्ट हुन बाठो हुन खोजे, तर सक्दै सकेनन्”

लिभरपुलका पूर्व डिफेन्डर जेमी क्यारागरले लियोनल मेस्सीले क्रिस्टियानो रोनाल्डो भन्दा राम्रो भएको प्रमाणित गर्न धेरै लिग खेल्नु पर्ने धारणाको आलोचना गरेका छन्।

रोनाल्डोले मेस्सीले जे गरेका छन् त्यो भन्दा विपरित काम गरेर आफू एकदम स्मार्ट र चलाख हुने प्रयास गरेको पनि पूर्व लिभरपुल स्टारले बताएका छन्। Messi: The King of Camp Nou (क्याच अफसाइड मार्फत) नामक पुस्तकमा बोल्दै क्यारागरले भने, रोनाल्डो निकै चलाख छन्। उनले जे गरेका छन् उनले ‘मैले के के फरक फरक चीज गर्न सक्छु?’ भन्ने कुरामा आधारित छ। उनले आफूले तीन फरक फरक देशमा लिग जितेको छु र उच्च गोलकर्ता भएको छु भन्न सक्छन् र यो उनको मजबूत पक्ष हुनसक्छ। उनले आफूलाई थोरै उत्कृष्ट र फरक छु भनेर प्रमाणित गर्नको लागि सायद मेस्सीले जे गरे त्यो भन्दा विपरित गरे।”

क्यारागरले बार्सिलोनामा लियोनेल मेस्सीको समयलाई एसी मिलानमा फ्रान्को बारेसी र पाओलो माल्डिनीको समयसँग तुलना गरेका छन्। ४३ वर्षीय पण्डित करियरको अधिकांश समय एउटै क्लबमा बस्दा उत्कृष्ट खेलाडी बन्ने सम्भावनामा बाधा नपर्ने विश्वास गर्छन्। उनले थपे, “तर सुन्नुहोस्, फ्रान्को बारेसी र पाओलो माल्डिनीलाई अन्य डिफेन्डर भन्दा कम मानिन्छ किनकि उनीहरूले एसी मिलानलाई कहिल्यै छोडेनन् भन्ने कुरा मलाई लाग्दैन। त्यसैले लियोनेल मेस्सीले बार्सिलोना नछोड्दा पनि मेरो विचार परिवर्तन हुने थिएन। किन यस्तो हुनपर्छ र?”

अन्तत: ७ पटकका ब्यालोन डी ओर विजेताले २१ वर्ष बार्सिलोनामा बिताएपछि यसै सिजन मात्र नि: शुल्क ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रस्थान गरे।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१२:०६

अन्तत: यहि जनावरीमा रियल म्याड्रिड फर्किने भए रोनाल्डो ?