अन्तत: यहि जनावरीमा रियल म्याड्रिड फर्किने भए रोनाल्डो ?

KIEV, UKRAINE - MAY 26: Cristiano Ronaldo of Real Madrid lifts The UEFA Champions League trophy following his sides victory in during the UEFA Champions League Final between Real Madrid and Liverpool at NSC Olimpiyskiy Stadium on May 26, 2018 in Kiev, Ukraine. (Photo by Michael Regan/Getty Images)

विभिन्न रिपोर्टहरू अनुसार रियल म्याड्रिडले म्यानचेस्टर युनाइटेडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई बर्नाबेउमा फिर्ता ल्याउन खोजिरहेको छ। रोनाल्डोले क्लबमा आफ्नो नौ वर्षको स्पेलमा रियलका लागि ४३८ खेलमा ४५० गोल गरेका थिए।

र फुटबलइनसाइडरका अनुसार, रियलले युभेन्टस गएको तीन वर्ष पछि ३६ वर्षीयलाई म्याड्रिडमा फिर्ता ल्याउन खोज्न सक्छ। युनाइटेडमा राल्फ रङ्गनिकको आगमनले यसै जनावरीमा रोनाल्डो स्पेनमा फर्किने सम्भावित ढोका खोलेको प्रतिवेदनले जनाएको छ। रोनाल्डोले रंगनिकको हाई-एनर्जी प्रेसिङ गेमलाई सुहाउने हो कि होइन भन्ने शंका रहेको कारण पनि यस्तो हल्ला चल्न सुरु भएको छ।

तर रङ्गनिकको पहिलो दुई खेलमा रोनाल्डो र युनाइटेडको तथ्याङ्कले अर्कै भन्छ। पहिलो खेलमा रेड डेभिल्सले ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले सहजै पराजित गर्न सफल भयो। मिडफिल्डर फ्रेडले पेनाल्टी क्षेत्रको छेउबाट गरेको उत्कृष्ट गोल नै निर्णायक भएको खेलपछि जर्मन प्रशिक्षकले रोनाल्डोको खुब तारिफ गरेका थिए। उनले भने,”ओ, हो, क्रिस्टियानो रोनाल्डोको अफ द बल काम, च्यापेउ।”

त्यस्तै, शनिबार नर्विच सिटी विरुद्धको खेलमा पनि रोनाल्डोको प्रदर्शन निकै उत्कृष्ट रह्यो। ५ पटकका ब्यालोन डी ओर विजेताले गरेको पेनाल्टी गोल नै निर्णयक हुँदा म्यानचेस्टर युनाइटेड १-० ले विजयी भयो।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१३:०७

पीएसजीमा एम्बाप्पेको भविष्य बारे बोले एम्बाप्पे कै प्रशिक्षक, यसो भने !