एजेन्सी – मङ्सिर २४ गते बुध ग्रह धनु राशिमा प्रवेश गरिसकेको छ भने पुस १ गते सूर्य पनि धनु राशिमा प्रवेश गर्नेछ। जसपश्चात बुध र सूर्य एकसाथ धनु राशिमा हुनेछ। त्यस्तो अवस्थामा धनु राशिमा बुधादित्य योग बन्नेछ। ज्योतिषीहरुका अनुसार बुधादित्य योगको निर्माण हुनु धेरै राशिहरुलाई शुभ संकेत हुन सक्छ। बुधादित्य योगका कारण सबै भन्दा बढी निम्न राशि हुनेहरुलाई लाभ मिल्नेछ।
मेष राशि
मेष राशिका लागि बुद्धादित्य योगले धेरै खुशी ल्याउनेछ। लगभग सबै कुरामा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आर्थिक लाभ हुनेछ। कार्यस्थलमा गरेका कामको प्रशंसा हुनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने अवसर मिल्नेछ । साथै परिवारको आर्थिक अवस्था पनि राम्रो रहनेछ ।
मिथुन राशि
मिथुन राशि हुनेहरुका लागि बुद्धादित्य योग विभिन्न कोणबाट लाभदायक हुनेछ। नयाँ कार्यमा लगानी गर्ने वातावरण बन्नेछ। जीवन साथीसँग राम्रो समय व्यतित गर्ने अवसर मिल्नेछ। धार्मिक यात्राको योग पनि बन्न सक्ला। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्दा महत्वपूर्ण कार्य सफल हुनेछन्। काममा परिवारजनको साथले उत्साह थपिनेछ।
कर्कट राशि
बुद्धादित्य योगका कारण कर्कट राशि हुनेहरुको जीवनमा विभिन्न प्रकारका सकारात्मक परिवर्तन हुनेछन्। पहिला देखि रहेका समस्या देखि छुटकारा मिल्नेछ भने शत्रु सहजै पराजित हुनेछन्। मिहिनेतको फलले हर्षित तुल्याउनेछ। प्रतिष्पर्धाहरुमा सहजै विजयी भइनेछ। नउठेका धन उठ्न सक्लान्। चिताएकाे उपलब्धि प्राप्त हुँदा उर्जा थपिनेछ। कानुनी रुपमा पनि बुद्धादित्य योगले फाइदा पुर्याउन सक्ला।
सिंह
सूर्य र बुध एक ठाउँमा हुँदा आर्थिक स्थितिमा सुधार आउनेछ । आकस्मिक आर्थिक लाभ हुनेछ। दाम्पत्य जीवनमा सुख मिल्नेछ। काममा सफलता मिल्नेछ । जागिर परिवर्तनको योग बन्नेछ । बुद्धिको उपयोगले लक्ष्य भेट्टाउन सकिनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइएला। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। स्वास्थ्यमा पनि सुधार देखिनेछ।