बुध ग्रहको ठूलो उथलपुथल, अबको १७ दिन यी राशिलाई अत्यन्त शुभ !

ज्योतिषशास्त्रमा ग्रहहरूको राशि परिवर्तन धेरै महत्त्वपूर्ण छ। डिसेम्बर १० मा बुध ग्रह वृश्चिक राशिबाट धनु राशिमा प्रवेश गरेको छ। डिसेम्बर २९ सम्म बुध ग्रह यस राशिमा रहनेछ, त्यसपछि मकर राशिमा प्रवेश गर्नेछ। बुध ग्रहको राशि परिवर्तनका कारणले सबै १२ राशिका व्यक्तिहरूमा गहिरो प्रभाव पार्छ। वैदिक ज्योतिषका अनुसार बुध ग्रह व्यापार, गणित, तर्कशक्ति, शिक्षा, लेखन, वाणीको कारक ग्रह हो। यी क्षेत्रहरूमा बुधको प्रभाव सबैभन्दा बढी रहन्छ। बुध ग्रहको राशि परिवर्तन भएको केही दिनपछि देवगुरु बृहस्पतिको राशिमा सूर्य-बुधको संयोग पनि बन्नेछ। यी ग्रहहरूको परिवर्तन र संयोगले धेरै व्यक्तिको आर्थिक स्थितिमा परिवर्तन आउनेछ। लगानीका राम्रा अवसरहरु आउनेछन्। शेयर बजारमा उत्साहको वातावरण रहनेछ। धनु राशिमा बुध ग्रहको प्रवेशका कारण कुन राशिका मानिसहरूलाई यसको शुभ, अशुभ र मिश्रित प्रभाव देख्न मिल्नेछ त ? थाहा पाउनुहोस्….

शुभ प्रभाव 

युवराज ग्रह बुधको धनु राशिमा गोचर हुँदा वृष, कर्कट, वृश्चिक, कुम्भ र मीन राशिका लागि आगामी समय शुभ रहनेछ। यस राशिका व्यक्तिहरुलाई भाग्यको पूर्ण सहयोग मिल्नेछ। यस अवधिमा लगानीका लागि धेरै राम्रो अवसरहरू प्राप्त हुनेछन्। व्यापार व्यावसायमा राम्रो आम्दानी र कार्यक्षेत्रमा वृद्धि हुनेछ। रोजगारीमा रहेका मानिसको लागि आउने समय राम्रो रहनेछ। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। लामो समयको लागि कसैलाई उधारो दिएको पैसा फिर्ता हुनेछ, जसले तपाईंलाई धेरै खुशी दिनेछ।

मिश्रित प्रभाव 

धनु राशिमा बुधको प्रवेशले केही राशिका व्यक्तिहरूमा यसको मिश्रित प्रभाव देखिन सक्छ। मिथुन, सिंह र कन्या राशिका लागि आगामी दिनहरु शान्तिपूर्ण रहनेछन्। कार्यस्थलमा कामको अत्याधिकताले तनाव बढ्न सक्छ। दौडधुप बढी हुनेछ। यो समयमा कसैलाई ऋण नदिनुहोस्।

अशुभ प्रभाव 

धनु राशिमा बुधको आगमनका कारण मेष, तुला, धनु र मकर राशिका लागि आगामी दिनमा केही समस्या बढ्न सक्छ। परिवारका सदस्यको अस्वस्थताका कारण आर्थिक समस्या र मानसिक तनाव आउन सक्छ। जागिर खानेहरूका लागि काममा परिवर्तन आउन सक्छ।

प्रकाशित : आइतबार, मङि्सर २६, २०७८१३:०८

बिहिबार देखि शुरु हुँदै खरमास, एक महिना के गर्ने, के नगर्ने ?