एस्टन भिल्लाका गोलकिपर इमिलियानो मार्टिनेजले हालै लियोनेल मेस्सीको २०२१ कोपा अमेरिका प्रदर्शनको बारेमा बोलेका छन्। २०२१ कोपा अमेरिका पक्कै पनि यस सिजाको सुरुमा खेलिएको थियो।
यो पटक प्रतियोगिता ब्राजिलमा आयोजना गरिएको थियो, जसमा साबिक विजेता समेत रहेको ब्राजिल ट्रफी फेरि उचाल्ने मुख्य दाबेदार रहेको थियो। र, जहाँ ब्राजिलले २०२१ को फाइनलमा स्थान बनाएको थियो, अन्तत: अर्जेन्टिनासँग शून्यका विरुद्ध एक गोलले पराजित हुन पुग्यो। अर्जेन्टिनालाई फाइनलमा पुग्ने क्रममा लियोनल मेस्सीका केही उत्कृष्ट प्रदर्शनले ठूलो मद्दत गरेको थियो। ३४ वर्षीया खेलाडीले कुनै पनि खेलाडीको सबैभन्दा धेरै गोल र सबैभन्दा असिस्टका साथ प्रतियोगिता समाप्त गरे।
🗣 "I've never seen someone play so well in my life."
Emi Martinez credits the performance of Lionel Messi to help Argentina win the Copa America and the surreal feeling of Messi asking him to take a photo of the trophy with him pic.twitter.com/kwfqK7gZB3
— Football Daily (@footballdaily) December 10, 2021
मेस्सीको कप्तानीमा पहिलो उपाधि जितेको अर्जेन्टिनाका लागि यो सन् १९९३ पछि कै पहिलो प्रमुख उपाधि रहेको थियो। यस्तोमा, हालै मात्र, कोपा अमेरिकालाई प्रतिबिम्बित गर्दै, अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले मेस्सीको खुलेर प्रशंसा गरेका छन्। मेस्सीको २०२१ कोपा अमेरिका प्रदर्शनको बारेमा बोल्दै मार्टिनेजले दाबी गरेका छन् कि मेस्सीले उक्त प्रतियोगितामा गरेको जस्तो उत्कृष्ट प्रदर्शन फुटबल इतिहास मै कसैले अहिलेसम्म गरेका छैनन्।
“मेस्सी अविश्वसनीय थिए। उनले हामीलाई त्यो कप जिताउन मद्दत गरे। मैले मेरो जीवनमा कसैलाई यति राम्रो खेलेको देखेको छैन,” उनले भने, “निकै कठिन थियो, पिच सुख्खा थियो, तातो थियो, हामी सेमिफाइनल र फाइनलमा थकित थियौं, तर हामीले यो गर्न सफल भयौं र त्यो पनि ब्राजिलमा।”