फेरी हुने भयो मेस्सी भर्सेस रोनाल्डो: पीएसजी भर्सेस युनाइटेड खेल्ने भए अन्तिम १६ मा !

च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पुन: मेस्सी भर्सेस रोनाल्डो देख्न मिल्ने भएको छ। भर्खर मात्र सम्पन्न अन्तिम १६ को ड्र मा पीएसजी र म्यानचेस्टर युनाइटेड अर्को चरण प्रवेशका लागि खेल्ने पक्का भएको हो।

गत सिजन युभेन्टस र बार्सिलोना एकै समूहमा हुँदा एक-अर्का विरुद्ध दुई पटक आमने-सामने भएका रोनाल्डो र मेस्सी यसपटक भने अन्तिम १६ को नक-आउट चरणमा प्रतिस्पर्धा गर्ने भएका हुन्। गत सिजन युभेन्टसले बार्सिलोनालाई ३-० ले पराजित गर्दा अर्को खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले हराएको थियो।

पीएसजी समूह ‘ए’ बाट उप-विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने म्यानचेस्टर युनाइटेड समूह ‘एफ’ को विजेताको रूपमा अगाडी बढेको थियो।

मेस्सी र रोनाल्डो यस सिजन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। प्रिमियर लिगमा पनि निकै उच्च प्रदर्शन गरिरहेका रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् भने लिग १ मा निकै संघर्ष गरिरहेका मेस्सीले च्याम्पियन्स लिगमा भने निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले समूह चरणमा ५ खेल खेल्दै ५ नै गोल गर्न सफल भएका छन्।\

यस्ता हुनेछन् अन्तिम १६ का अन्य खेलहरु:-

एफसी बेन्फिका भर्सेस रियल म्याड्रिड

भिल्लारियल भर्सेस म्यानचेस्टर सिटी

एथलेटिको म्याड्रिड भर्सेस बार्यन म्युनिख

एफसी साल्सबर्ग भर्सेस लिभरपुल

इन्टर मिलान भर्सेस आज्याक्स

स्पोर्टिंग क्लब भर्सेस युभेन्टस

चेल्सी भर्सेस लिल

 

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१७:०८

बार्सिलोनालाई झड्का दिने तयारीमा लिभरपुल, यी खेलाडीमा पर्यो क्लोपको नजर !