च्याम्पियन्स लिग ड्र मा भयो ठूलो गल्ती, मेस्सी भर्सेस रोनाल्डो नहुने सम्भावना !

च्याम्पियन्स लिग अन्तिम १६ को ड्र को क्रममा त्रुटी भएको छ। यस्तोमा अहिले युइएफएले के निर्णय लिनेछ भन्ने अन्योल रहेको छ।

अन्तिम १६ को ड्र हुँदै गर्दा पट २ बाट एथलेटिको म्याड्रिड क्लब ड्र हुँदा पट १ बाट म्यानचेस्टर युनाइटेड पनि स्पेनिस क्लबको प्रतिद्वन्दीको रूपमा पटमा हुनुपर्ने थियो। तर युनाइटेडलाई उक्त ड्र मा गल्तीपूर्व सामेल गरिएन। जसअघि पनि एक गल्तीका साथ भिल्लारियल विरुद्ध म्यानचेस्टर युनाइटेड ड्र भएको थियो, जुन असम्भव रहेको छ किनभने यी दुई टोली समूह चरणमा खेलेका थिए।

यसबारे युइएफएले कुनै आधिकारिक जानकारी भने दिएको छैन।

मेस्सी भर्सेस रोनाल्डो

च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पुन: मेस्सी भर्सेस रोनाल्डो देख्न मिल्ने भएको छ। भर्खर मात्र सम्पन्न अन्तिम १६ को ड्र मा पीएसजी र म्यानचेस्टर युनाइटेड अर्को चरण प्रवेशका लागि खेल्ने पक्का भएको हो।

गत सिजन युभेन्टस र बार्सिलोना एकै समूहमा हुँदा एक-अर्का विरुद्ध दुई पटक आमने-सामने भएका रोनाल्डो र मेस्सी यसपटक भने अन्तिम १६ को नक-आउट चरणमा प्रतिस्पर्धा गर्ने भएका हुन्। गत सिजन युभेन्टसले बार्सिलोनालाई ३-० ले पराजित गर्दा अर्को खेलमा बार्सिलोनाले युभेन्टसलाई २-० ले हराएको थियो।

पीएसजी समूह ‘ए’ बाट उप-विजेताको रूपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने म्यानचेस्टर युनाइटेड समूह ‘एफ’ को विजेताको रूपमा अगाडी बढेको थियो।

मेस्सी र रोनाल्डो यस सिजन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। प्रिमियर लिगमा पनि निकै उच्च प्रदर्शन गरिरहेका रोनाल्डोले यस सिजन च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् भने लिग १ मा निकै संघर्ष गरिरहेका मेस्सीले च्याम्पियन्स लिगमा भने निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले समूह चरणमा ५ खेल खेल्दै ५ नै गोल गर्न सफल भएका छन्।

यस्ता हुनेछन् अन्तिम १६ का अन्य खेलहरु:-

एफसी बेन्फिका भर्सेस रियल म्याड्रिड

भिल्लारियल भर्सेस म्यानचेस्टर सिटी

एथलेटिको म्याड्रिड भर्सेस बार्यन म्युनिख

एफसी साल्सबर्ग भर्सेस लिभरपुल

इन्टर मिलान भर्सेस आज्याक्स

स्पोर्टिंग क्लब भर्सेस युभेन्टस

चेल्सी भर्सेस लिल

प्रकाशित : सोमबार, मङि्सर २७, २०७८१७:४०

युरोपा लिग: नापोलीको सामना गर्ने भयो बार्सिलोनाले, जित्न पनि सक्ला त ?