युरोपा लिगको राउण्ड अफ १६ को खेलमा बार्सिलोनाले को सामना गर्ने भएको छ। च्याम्पियन्स लिगको समूह चरणबाट अगाडी बढ्न नसकेपछि बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो । यसअघि सन् २०००/०१ सिजनमा बार्सिलोना समूह चरणबाट नै बाहिरिएको थियो ।
बार्सिलोनाले च्याम्पियन्स लिगको समूह चरणमा तेस्रो हुँदै युरोपा लिगमा घटुवा भएको थियो। क्याटालान क्लबले समूह चरणमा मात्र यू अंक जोड्न सफल भएको थियो। उक्त समूहबाट बार्यन म्युनिख र बेन्फिका अघिल्लो चरणमा प्रवेश गरेका थिए।
बार्सिलोना समूह चरणमा बार्यन म्युनिखसँग २ खेलमा नै ३-० ले पराजित भएको थियो भने बेन्फिकासँग एक खेल ०-० को बराबरी खेल्दा अर्को खेलमा ३-० ले पराजित भएको थियो। त्यस्तै, डिनामो किभ विरुद्धको दुबै खेल १-० को गोल अन्तरले जीत हात पारेको थियो। यस सिजनको युरोपा लिगको फाइनल स्पेनको सेभिल्लेमा हुनेछ।
अन्य खेलहरु:
सेभिल्ला भर्सेस जीएनके डिनामो
एटालान्टा भर्सेस ओलमपियाकोस
आरबी लाइपजिंग भर्सेस रियल सोसीडाड
बार्सिलोना भर्सेस नापोली
जेनिथ भर्सेस रियल बेटिस
बोरुसिया डर्टमण्ड भर्सेस रेंजर्स
शेरिफ भर्सेस ब्रागा
पोर्टो भर्सेस लाजियो