काठमाडौँ – कोरोना भाइरस विरुद्धको खोप बिक्री गर्ने दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। सरकारले निशुल्क उपलब्ध गराउँदै आएको खोप बिक्री गर्ने दुई जनालाई अख्तियारले सोमबार नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएकाहरुमा महोत्तरीको महोत्तरी गाउँपालिकाको स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिष्टेन्ट अजय कुमार साह र उनका सहयोगी कृष्णकुमार यादव रहेका छन्। दुवैलाई काठमाडौँबाट खारिएको अख्तियार टोलीले नियन्त्रणमा लिएको बताइएको छ।
अख्तियारले दिएको जानकारी अनुसार दुवै जना जोन्सन एण्ड जोन्सन खोप बेचिरहेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरुले जोन्सन एण्ड जोन्सन खोप १५ हजार लिएर रुपैयाँमा बेच्दै आएका थिए।
लामो समयदेखि पाँच हजार रुपैयाँदेखि पन्ध्र हजार रूपैयाँसम्मका दरले खोप बिक्री गर्दै आएका उनीहरु बारे अख्तियारमा सूचना पुगेको थियो। स्थानीय युवाहरुले अख्तियारलाई जानकारी दिएपछि उनीहरु अख्तियारको नजरमा थिए।
दुवै अहिले अख्तियारको नियन्त्रणमा छन् भने दुवै माथि थप अनुसन्धान भइरहेको छ। यसअगाडी धनुषाकै शहीदनगर नगरपालिका ३ यदुकोहास्थित श्रीराम हेल्थ केयरमा कोरोनाबिरुद्वको खोप फेला परेको थियो।

