एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अम्तिम १६ को ड्र पुनः हुने भएको छ। सोमबार भएको ड्रमा त्रुटी भएपछि पुनः ड्र हुने भएको हो। ‘ड्र’ का लागि प्रयोग गरिएको सफ्टवेयरमा समस्या आएपछि पुनः ड्र गर्न लागिएको यूईएफएले जनाएको छ।
अन्तिम १६ को ड्र हुँदै गर्दा पट २ बाट एथलेटिको म्याड्रिड क्लब ड्र हुँदा पट १ बाट म्यानचेस्टर युनाइटेड पनि स्पेनिस क्लबको प्रतिद्वन्दीको रूपमा पटमा हुनुपर्ने थियो। तर युनाइटेडलाई उक्त ड्र मा गल्तीपूर्व सामेल गरिएन।
त्यसअघि पनि एक गल्तीका साथ भिल्लारियल विरुद्ध म्यानचेस्टर युनाइटेड ड्र भएको थियो, जुन असम्भव रहेको छ किनभने यी दुई टोली समूह चरणमा खेलेका थिए।
हुँदै थियो पिएसजी भर्सेस युनाइटेड
रद्द भएको ड्र अनुसार लियोनल मेसीको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टियानो रोनाल्डोको म्यानचेस्टर युनाइटेडको सामना गर्नुपर्ने थियो। तर अब यी दुई टीम आमने-सामने हुन्छ कि हुँदैन भन्ने अर्को ड्रले तय गर्नेछ। यस्तो थियो रद्द भएको ड्र –
एफसी बेन्फिका भर्सेस रियल म्याड्रिड भिल्लारियल भर्सेस म्यानचेस्टर सिटी / एथलेटिको म्याड्रिड भर्सेस बार्यन म्युनिख / एफसी साल्सबर्ग भर्सेस लिभरपुल / इन्टर मिलान भर्सेस आज्याक्स
/स्पोर्टिंग क्लब भर्सेस युभेन्टस / चेल्सी भर्सेस लिल