एका-एक फेरियो विमलेन्द्रको बोली, देउबासँग मिलाए हात !

नेपली कांग्रेस सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाई साथ दिने भएका छन्।

मंगलबार बिहान स्वयम् शेरबहादुर देउबा निधिसँग सहयोग माग्नका लागि निधि निवास नयाँ बानेश्वोर पुगेका थिए। देउबाको आग्रहलाई स्वीकार गर्दै निधिले पनि देउबालाई मद्दत गर्ने बाचा गरेको बताइएको छ।

त्यस्तै, आजै प्रधामन्त्री देउबा आफूलाई सहयोगका लागि आग्रह गर्नका लागि प्रकाशमान सिंह निवास समेत पुगेका थिए। जसको जवाफमा सिंहले लिखित प्रतिबद्धता नै जनाएको पनि बुझिएको छ।

यसअघि विमलेन्द्र निधिले आफूले कुनै पनि हालतमा देउबाको साथ नदिने बताएका थिए। पार्टी सभापतिका लागि दोस्रो चरणको चुनाव भएको खण्डमा आफू प्रधानमन्त्री शेरबहादुर देउबाको साथमा नरहने निधिले जनाएका थिए। “पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना छैन। त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुनेछ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुनेछौं,” निधिले आइतबार एक कार्यक्रममा भनेका थिए।

पहिलो चरणमा काँग्रेस सभापतिमा कसैको पनि ५० प्रतिशत मत नल्याएपछि नयाँ सभापति चुन्नको लागि दोस्रो चरणको चुनाब हुने भएको हो। दोस्रो चरणमा वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबा र शेकर कोइराला बीच मतदान हुनेछ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८१२:४५

प्रकाशमान पनि देउबा पक्षमा, निधिले पनि देउबालाई नै साथ दिने !