पाली कांग्रेसको सभापति पदको दोस्रो चरणको निर्वाचनमा नेता नेता प्रकाशमान सिंहले शेरबहादुर देउवाको साथ दिने भएका छन्। मंगलबार बिहानै देउबा सिंहलाई भेट्न उनकै निवास पुगेका थिए।
प्रधामन्त्री समेत रहेका शेरबहादुर देउबासँगको कुराकानी पछि सिंहले पार्टी सभापतिका लागि हुने दोस्रो चरणको चुनाबमा देउबालाई समर्थन गर्ने निर्णय गरेका छन्। भेटपछि पत्रकारसँग बोल्दै सिंहले भने, “हामीले दोस्रो चरणको निर्वाचनमा देउबा-जीलाई सहयोग गरेर जाने निर्णय गर्यौं।”
पहिलो चरणको चुनावमा २२५८ मत प्राप्त गरेका देउबा र १७०२ मत पाएका शेकर कोइराला बीच पार्टी सभापतिका लागि अब दोस्रो चरणको चुनाव हुनेछ।
देउबालाई निधिको पनि साथ !
नेपली कांग्रेस सभापति पदका लागि हुने दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी विमलेन्द्र निधिले वर्तमान सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउबालाई साथ दिने भएका छन्।
मंगलबार बिहान स्वयम् शेरबहादुर देउबा निधिसँग सहयोग माग्नका लागि निधि निवास नयाँ बानेश्वोर पुगेका थिए। देउबाको आग्रहलाई स्वीकार गर्दै निधिले पनि देउबालाई मद्दत गर्ने बाचा गरेको बताइएको छ।
यसअघि विमलेन्द्र निधिले आफूले कुनै पनि हालतमा देउबाको साथ नदिने बताएका थिए। पार्टी सभापतिका लागि दोस्रो चरणको चुनाव भएको खण्डमा आफू प्रधानमन्त्री शेरबहादुर देउबाको साथमा नरहने निधिले जनाएका थिए। “पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउने सम्भावना छैन। त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुनेछ। त्यसबेला देउवा इतर रहेका हामी सबै एक हुनेछौं,” निधिले आइतबार एक कार्यक्रममा भनेका थिए।