यूईएफएको लाजमर्दो गल्तीपछि च्याम्पियन्स लिगको अन्तिम-१६ को ड्र अन्ततः सोमबार सार्वजनिक भएको छ। जसपछि एक बेटिंग विशेषज्ञ सुपर कम्प्युटरले म्यानचेस्टर सिटीले मे महिनामा हुने फाइनल जित्दै प्रसिद्ध ‘बिग इयर’ ट्रफी उठाउने भविष्यवाणी गरेको छ।
सिटीले अन्तिम १६ मा स्पोर्टिङ लिस्बन विरुद्धको तुलनात्मक रूपमा सजिलो खेल पाएको छ। लामो समयदेखि प्रतिक्षा गरिएको क्लब इतिहास कै पहिलो च्याम्पियन्स लिग उपाधि जित्नका लागि सिटीलाई प्रमुख दाबेदार मानिएको छ। यसैबीच, लिभरपुल, चेल्सी र म्यानचेस्टर युनाइटेडले क्रमशः इन्टर मिलान लिल र एट्लेटिको म्याड्रिडलाई जित्ने सम्भावना उच्च रहेको सुपर कम्प्युटरले अनुमान गरेको छ। यसले क्वार्टरफाइनलमा इंग्लिस टोलीको पूर्ण कोटा सुनिश्चित गर्नेछ।
त्यस्तै, ६ पटकको विजेता बायर्न म्युनिखले आरबी साल्जबर्गलाई पराजित गर्ने पूर्वानुमान गरिएको छ, र चार पटकको च्याम्पियन अजाक्सले बेन्फिकालाई पराजित गर्ने भविष्यवाणी गरिएको छ। तर प्रतियोगिताको इतिहासमा सबैभन्दा सफल टोली, रियल म्याड्रिडलाई भने पहिलो उपाधिको खोजीमा रहेको पीएसजीले पराजित गर्ने सम्भावना देखिएको छ।
अन्ततः, युभेन्टसले घरेलु रूपमा कठिन सिजन अनुभव गरिरहेको छ, तर सुपर कम्प्युटरका अनुसार इटालियन महारथीले स्पेनिस क्लब भिल्लारियललाई पराजित गर्दै अन्तिम ८ मा प्रवेश गर्नेछ। एक सट्टेबाजी विशेषज्ञ प्रवक्ताले भने: “च्याम्पियन्स लिग अन्तिम १६ को ड्र सकिएको छ – दोस्रो प्रयासमा – र धेरै दाबेदार टोलीहरु हाम्रो सुपर कम्प्युटर अनुसार अगाडी बढ्नेछन्।”
प्रतिस्पर्धा कसले जित्छ भन्ने तपाईंलाई लाग्छ? Betting Expert को अड तल सूचीबद्ध छन्।


