सलाह सिटी जाने चर्चा !

एजेन्सी – मोहम्मद सलाहको लिभरपुलमा अब लगभग १८ महिनाका लागि मात्रै सम्झौता छ। सन् २०२३ मा सम्झौता सकिने भएपनि सलाह र लिभरपुल बीच सम्झौताका लागि कुरा मिलिरहेको छैन। सम्झौता नवीकरणकालाई लिएर दुई पक्ष बीच विभिन्न चरणमा छलफल भैरहेको छ। लिभरपुल इकोका अनुसार पहिल्ला महिनाहरुमा सलाह पक्ष र लिभरपुल शृंखलावद्ध छलफल भएपनि निष्कर्ष निस्किन भने सकेको छैन।

सलाह सकेसम्म लिभरपुलमै रहन चाहेको बताइन्छ। सलाह आफैंले पनि आफू लिभरपुल छाडेर जाने कुरा सोच्न पनि नसक्ने बताउँदै आएका छन्। केहि समय अगाडी एक अन्तर्वार्ताका क्रममा सलाहले भनेका थिए कि आफू लिभरपुलमै बस्ने पक्षमा रहेपनि त्यो कुरा आफ्नो हातमा मात्र सिमित नभएको बताएका थिए। त्यसको लागि क्लबपनि तयार हुनुपर्ने सलाहको संकेत थियो।

“मैले धेरै पटक भनेको छु: यदि निर्णय मेरो हो भने, म लिभरपुलमा बस्न चाहन्छु। तर निर्णय व्यवस्थापनको हातमा छ र उनीहरूले यो समस्या समाधान गर्नुपर्छ।”,सलाहले भनेका थिए।फुटबल वृत्तमा चलेको चर्चा अनुसार लिभरपुल र सलाह बीच पारिश्रमिकलाई लिएर कुरा मिलिरहेको छैन। गएको ४ सिजन देखि उत्कृष्ट प्रदर्शन गर्दै आएका सलाह आफ्नो पारिश्रमिक बढोस् भन्ने चाहन्छन्। तर उनले माग गरेजति पारिश्रमिक तिर्न लिभरपुल तयार देखिँदैन।

सिटी जाने चर्चा

सलाहले माग गरेजति पारिश्रमिक दिन लिभरपुल तयार नभएपछि उनी अन्यत्र जाने चर्चा शुरु भएको छ।  विश्वकै उत्कृष्ट खेलाडीको रुपमा उदाएका सलाहलाई सायदै कुनै क्लबले लिन नचाहलान्। अहिले अवस्थामा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) र म्यानचेस्टर सिटी दुई क्लब छन्, जसले सलाहले माग गरेजति पारिश्रमिक दिन सक्छन्।

आर्थिक विशेषज्ञ डाक्टर ड्यान प्लम्लीको भनाईलाई मान्ने हो भने सलाहका लागि सबै भन्दा राम्रो गन्तव्य म्यानचेस्टर सिटी हुन सक्छ। प्रिमियर लिगमा जमिरहेका समाह लिग परिवर्तन नगरी सिटीमै गएको खण्डमा धेरै राम्रो हुने उनको भनाई छ।

प्रकाशित : मङ्गलबार, मङि्सर २८, २०७८१७:४९

“मेस्सीले छाडेको पहिलो वर्षमा छौँ, जाभीलाई समय दिइनु पर्छ”