एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले जाभी हर्नान्देजलाई समय दिइनुपर्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लापोर्टाले जाभीलाई बार्सिलोना बारे सबै थाहा भएको हुँदा उनलाई समय दिइनुपर्ने बताएका हुन्।
मुन्डो डेपोर्टिभोलाई अन्तर्वार्ता दिनेक्रममा लापोर्टाले आफूहरु लियोनेल मेस्सीले छाडेको पहिलो वर्षमा रहेको कुरा भुल्न नहुने बताए। मेस्सीले छाडेपछिको पहिलो सिजनमा रहेका कारण बार्सिलोनामा समस्या देखिएको उनको भनाई छ।
“हामीले कहिल्यै बिर्सनु हुँदैन कि हामीले विश्वकै उत्कृष्ट खेलाडी लोयोनेल मेस्सी गुमाएका छौँ। मेस्सीले छाडेपछिको पहिलो सिजनमा हामी छौँ। त्यस्तैले त गार्हो भइरहेको छ।”,लापोर्टाले भने।
मेस्सीले छाडेपछि क्लबमा समस्या रहेको उल्लेख गर्दै लापोर्टाले जाभीलाई अझ केहि समय दिइनुपर्ने बताए। जाभीलाई बार्सिलोनाको वातावरणबारे राम्रो जानकारी रहेका लापोर्टा बताउँछन्। उनी भन्छन्,”यो सजिलो छैन। त्यस्तैले जाभीलाई समय दिइनुपर्छ। उनलाई क्लबको वातावरण बारे सबै थाहा छ। र उनलाई क्लबको खेल्ने शैली पनि छ।”
त्यस्तै लापोर्टाले युवा र अनुभवी खेलाडीलाई मिलाएर अगाडी बढ्ने पक्षमा आफूहरु रहेको पनि बताए। दबावलाई झेल्नको लागि एक राम्रो रणनीति चाहिने र त्यो युवा र अनुभवी खेलाडी मिश्रण नै हो भन्ने लापोर्टाको बुझाई छ।
“छोटकरीमा भन्नुपर्दा, हामीलाई युवा खेलाडीहरू र विशेषज्ञहरू बीचको मिश्रण चाहिएको छ। र यो नै दबाबको प्रतिरोध गर्ने एक तरिका हो।”,लापोर्टाले भने।

