फुटबल जगतबाट सन्यास लिँदै सर्जियो अगुएरो ? यसरी हेर्नुहोस् लाइभ !

बार्सिलोना फरवार्ड सर्जियो अगुएरोले केहि समयमा नै एक पत्रकार सम्मेलनमा आफ्नो फुटबल करियरको भविष्यलाई लिएर जानकारी दिनेछन्। पूर्व म्यानचेस्टर सिटी फरवार्डले फुटबलबाट सन्यासको घोषणा गर्ने धेरैले अनुमान गरिरहेका छन्।

सर्जियो अगुएरोको मुटुको समस्या बार्सिलोना र फुटबल जगतका लागि डरलाग्दो बनेको थियो जब उनी अलाभेस विरुद्ध अक्टोबर ३० मा मैदानबाट बाहिरिएका थिए।

सुरुमा ३३ वर्षीय स्ट्राइकरले कम्तिमा तीन महिना मैदान बहिरा बिताउनु पर्ने भनिएको थियो र अहिले एक महिना बाहिर बिताएपछि फुटबलमा उनको भविष्य नै शंकामा रहेको छ।

अर्जेन्टिनी स्टार खेलाडी यसै सिजन मात्र म्यानचेस्टर सिटीमा एक दशकको बसाईपछि नि:शुल्क ट्रान्सफरमा बार्सिलोना आएका थिए। अर्जेन्टिनी टिममेट लियोनल मेस्सीसँग बार्सिलोनामा खेल्ने सपनाका साथ स्पेनिस क्लब आएका अगुएरोको उक्त इच्छा भने पूरा भएन। ७ पटकका ब्यलोन डी ओर विजेता मेस्सी यसै सिजन मात्र बार्सिलोनामा आफ्नो सम्झौता थप हुन नसकेपछि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन प्रस्थान गरेका थिए।

सिजनको सुरुवातमा नै पूर्व एथलेटिको म्याड्रिड स्टार काफ समस्याबाट ग्रसित भएका थिए। उनले ला लिगा सान्टान्डरमा मात्र चार खेल खेल्न सफल भए, जुन समयमा उनले रियल म्याड्रिड विरुद्ध एल क्लासिकोमा एक पटक गोल गरे। च्याम्पियन्स लिगको एक खेल थप्दा अगुएरोले क्लबको लागि कुल १६५ मिनेट मात्र खेले।

अगुएरोले बार्सिलोनाले आयोजना गरेको एक पत्रकार सम्मेलनमा आफ्नो भविष्य बारे जानकारी दिनेछन्। प्रत्यक्ष रूपमा अगुएरोको पत्रकार सम्मेलन हेर्न बार्सिलोनाको युट्युब तथा अन्य सामाजिक सञ्जालको पेजमा गएर हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८१७:०४

रुँदै आए अनि भने – ‘मैले धेरै प्रयास गरें तर सकिनँ, फुटबल खेल्दिन अब’