वृष राशि
पुष महिना तपाईंको लागि अत्यन्त शुभ रहनेछ। पुँजी बजारको लगानीले मध्यम फल दिएपनि नयाँ कार्य प्रारम्भ गर्न चाहनुहुन्छ भने यो समय राम्रो साबित हुनसक्छ। शिक्षा क्षेत्रमा रहेका मानिसको लागि पनि यो समय शुभ रहनेछ। प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ। व्यापार व्यवसायका लागि पनि समय अनुकूल नै रहनेछ।
मिथुन राशि
सामाजिक कार्यमा तपाईं पूर्ण रूपमा संलग्न हुनुहुनेछ र सामाजिक मान सम्मान पनि बढ्नेछ। बौद्धिक कार्यमा तपाईंलाई निकै उत्कृष्ट लाभ मिल्ने देखिन्छ। लामो समयदेखि रोकिएका कार्य यो महिना सफलताका साथ सम्पन्न हुनेछ। प्रेम सम्बन्ध अझ सुमधुर भएर जानेछ। साथी-भाइबाट पूर्ण साथ तथा सहयोगको अपेक्षा गर्न सकिनेछ।
वृश्चिक राशि
आकस्मिक धन लाभ हुने सम्भावना उच्च रहेको छ। शिक्षा क्षेत्रमा रहेका मानिसले विशेष सफलता प्राप्त गर्न सफल हुनेछन्। आफन्त तथा साथी-भाइसँग रमणीय भेटघाट हुने योग रहेको छ। नयाँ कार्य प्रारम्भ गर्न चाहनुहुन्छ भने यो महिना तपाईंको लागि निकै शुभ हुनेछ। सामाजिक र राजनैतिक कार्यबाट सफलता मिल्ने योग रहेको छ।
कुम्भ राशि
नयाँ कार्य प्रारम्भ गर्नको लागि यो महिना उत्तम हुनेछ। आफन्त तथा साथी-भाइको साथ सहयोग भरपूर रहनेछ। आयका नयाँ स्रोत भेटिनेछन्। आर्थिक लाभ मिल्ने उच्च सम्भावना रहेको छ। धर्म-कर्ममा मन लाग्नेछ। महिनाको मध्यमा दबाब र तनाव बढेको महसुस हुनेछ। स्वास्थ्य तथा सौन्दर्यतामा पैसा खर्च हुनेछ।
मीन राशि
लामो समय देखि रोकिएका कार्यहरु यो महिनामा निकै सरलताका साथ सम्पन्न हुने देखिन्छ। मनमा आनन्द तथा शान्तिको भावना रहनेछ। कला क्षेत्रमा तपाईंले विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। आकस्मिक धन लाभ मिल्ने संकेत रहेको छ। पुँजी बजारमा लगानीको अवसर पनि छ।